निफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने, “चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौं ।” उनले सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिए । लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि बोन्ड जारी हुने पनि उनले जानकारी दिए । पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए । निफ्राका सीईओलाई प्रश्नः तपाईंकाे कम्पनीकाे सेयर मूल्य किन घटिरहेको छ ? उनले निफ्रामा रणनीतिक साँझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको छ । ठूला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे । “यो दीर्घकालिन प्रकृतिका पुर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं,” खतिवडाले भने । उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यस सम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए । निफ्राले बैंक तथा वित्तीय संस्थाका लागि पनि बोन्ड जारी गर्ने तयारी गरिरहेको छ । वाणिज्य बैंकहरुले त्यस्तो बोन्ड खरिद गर्दा पुर्वाधारमा लगानी गरेको गणना हुने गरि बोन्ड तयार गरिएको छ । त्यस्तै, इन्स्योरेन्स बोन्डका बारेमा पनि छलफल अघि बढाएको छ । इन्स्योरेन्स कम्पनीहरुले त्यस्तो बोन्ड खरिद गर्दा पुर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ । विशेष गरि जीवन बीमा कम्पनीका लागि इन्स्योरेन्स बोन्ड केन्द्रित हुनेछ ।

हिमालयन बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । हिमालयन बैंकको १४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको आइतबार मात्रै एक करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सूचीकृत भएको हो । यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

नेप्से परिसुचक ४६ अंकले घट्यो, १५२ कम्पनीको सेयर मूल्य ओह्रालो

काठमाडौं । पुँजी बजार मापक नेप्से परिसुचक करिब ४६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसुचक ४५.८७ अंकले घटेको छ । यो समाचार तयार पार्दासम्म (१ बजेर २७ मिनेट जाँदा) सुचिकृतमध्ये १५२ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको सेयरमूल्य परिवर्तन भएको छैन भने १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । घटेको बजारमा पनि चन्द्रागिरी हिल्स (९.९५ प्रतिशत), अपर तामाकोशी (९.८५ प्रतिशत), घलेम्दी हाइड्रो (९.७२ प्रतिशत) र पन्चकन्या माई हाइड्रोको सेयर मूल्य भने बढेको छ । नेप्सेका अनुसार अहिले चन्द्रागिरी हिल्सको ६ लाख ६८ हजार ७४३ कित्ता, नेसनल हाइड्रोपावरको ३ लाख ८४ हजार ८०६ कित्ता, अरुणभ्याली हाइड्रोपावरको ३ लाख २७ हजार ९२८ कित्ता र नेपाल इन्फ्रास्टक्चर बैंकको २ लाख १० हजार ७९७ कित्ता सेयरको माग छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।