एक अर्बभन्दा बढी पुँजी हुने कम्पनीले आईपीओ निकाल्नै पर्ने

काठमाडौं । एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी भएका कम्पनीहरु अनिवार्य रुपमा पब्लिकमा जानु पर्ने भएको छ । अहिलेसम्म निजी क्षेत्रबाट संचालित कम्पनीहरुलाई पब्लिकमा गएर साधारण सेयर जारी गर्न सरकारले कुनै पनि प्रकारको वाध्यकारी व्यवस्था गरेको नभएपनि आगामी आर्थिक वर्षदेखि यस्तो व्यवस्था गर्न लागिएको हो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । नयाँ व्यवस्था अनुसार १ अर्ब रुपैयाँभन्दा बढीको पुँजी भएका, सरकारी अनुदान पाएका तथा सार्वजनिक प्राकृर्तिक स्रोत साधनको उपयोग गर्ने कम्पनीहरुले अनिवार्य रुपमा आईपीओ जारी गर्नुपर्ने छ । यस्तै, वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने कम्पनी पनि अनिवार्य रुपमा आईपीओ जारी गर्नुपर्ने व्यवस्था गर्न लागिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।

वैदेशिक रोजगारीमा गएका नेपालाई आईपीओमा १० प्रतिशत आरक्षण दिने

काठमाडौं । सरकारले बैदेशिक रोजगारमा गएका नेपालीलाई धितोपत्रको १० प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था मिलाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रिमियममा सेयर निष्काशन गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा नेपाल विद्युत् प्राधिकरणको साधारण सेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि जारी गरिने उल्लेख छ । अर्थमन्त्री शर्माले शेयर विनिवेशबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण र ऊर्जा पूर्वाधारमा लगानी गर्ने बताए । सेयर जारी गर्ने प्रयोजनका लागि नेपाल विद्युत् प्रधिकरणको क्रेडिट रेटिङ यसअघि नै सम्पन्न भइसकेको छ ।