अर्घाखाँची सिमेन्टको साधारण सेयर बुक विल्डिङ प्रक्रियामा
काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले बुक विल्डिङ प्रक्रियाबाट साधारण सेयर निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीको साधारण सेयर निष्काशन गर्ने र पुँजी वृद्धि गर्ने प्रस्तावसहित कम्पनीले माघ ५ गते २३औं बार्षिक साधारण सभा गर्न लागेको छ । सबै प्रक्रिया पुरा गरेर सेयर सार्वजनिक निष्काशन गर्न अझै एक वर्ष समय लाग्ने कम्पनीका अध्यक्ष पशुपति मुरारकाले बताए । बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्न कम्पनी पब्लिक भएको एक आर्थिक वर्ष पूरा अवधिको वार्षिक प्रतिवेदनसहित प्रक्रियामा जानुपर्ने हुन्छ । अर्घाखाँची सिमेन्ट पुरानो कम्पनी भए पनि गत वर्ष मात्र पब्लिक लिमिटेडमा रुपान्तरित भएको हो । कति रकम बराबरको सेयर निष्काशन गर्ने भन्ने निर्णय साधारणसभाबाट हुने कम्पनीका अध्यक्ष मुरारकाले बताए । कम्पनीको हाल चुक्ता पुँजी ७७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले नगद लाभांश वितरण गर्दैछ । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिबाट साधारण सेयर निष्काशन गर्ने व्यवस्था गरेपछि पहिलो पटक सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको थियो । तर त्यो प्रक्रिया विवादमा परेपछि कुनै पनि कम्पनीले बुक विल्डिङ विधिबाट सेयर निष्काशन गरेका छैनन् ।
नेपाल लाइफ र मेगासहित ८ कम्पनीको सेयर मूल्य बढ्यो, कसको कति ?
काठमाडौं । सोमबारको बजारमा विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । कारोबारमा आएका २३८ वटा स्क्रिप्टस् (कम्पनीसहित) हरु मध्ये २७ वटाको सेयर मूल्य बढेको हो । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकसहित ८ वटा कम्पनी रहेका छन् । नेपाल लाइफको सेयर मूल्य ७ रुपैयाँ अर्थात ०.४६ प्रतिशतले बढेर प्रतिकित्ता १५४० रुपैयाँमा सेयर किनबेच भएको छ । त्यस्तै, मेगा बैंकको पनि सेयर मूल्य ७.५० रुपैयाँले बढेर प्रतिकित्ता २८५ रुपैयाँमा अन्तिम कारोबार भएको हो । जुन अघिल्लो दिनको तुलनामा २.७० प्रतिशतले बढी हो । सबैभन्दा बढी गोर्खाज फाइनान्स र मध्ये भोटेकोशीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । सोमबार यी दुई कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ८७६.७० र १२१ रुपैयाँमा भएको छ सामलिङ् पावर कम्पनीको ५.९२ प्रतिशतले सेयर मूल्य बढेर प्रतिकित्ता ४९७ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बिशाल बजार कम्पनीको सेयर मूल्य ०.२७ प्रतिशतले बढेर प्रतिकित्ता ४८१५ रुपैयाँ पुगेको छ । बोटलर्स नेपाल (तराई) को सेयर मूल्य १.७३ प्रतिशतले बढेर प्रतिकित्ता १४ हजार ८५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, माहुली सामुदायिक लघुवित्तको पनि सेयर मूल्य बढेको छ । आइतबारको तुलनामा संस्थाको सेयर मूल्य २.३७ प्रतिशत अर्थात प्रतिकित्ता ३५.६२ रुपैयाँले सेयर मूल्य बढेको छ । र, सोमबारको अन्तिम कारोबार प्रतिकित्ता १५३८ रुपैयाँमा भएको छ ।
परिसूचक घट्दा सेयर कारोबार बढ्यो, सबैभन्दा बढी नबिल बैंकको
काठमाडौं । सोमबारको बजारमा करेक्सन देखिएको छ । आइतबार ७१.२० अंकले बढेको बजार सोमबार ६९.७७ अंकले घट्न पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६९ प्रतिशतले घटेर २५२१.६५ बिन्दुमा झरेको छ । बजारमा परिसूचक घटेपनि सेयर कारोबार भने बढेको छ । आइतबार ५ अर्ब १७ करोडको सेयर कारोबार भएको बजारमा सोमबार ५ अर्ब ६० करोडको सेयर किनबेच भएको छ । बजारमा २३८ वटा स्क्रिप्टको १ करोड २ लाख ९२ हजार कित्ता सेयर किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ३० करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य भने घटेर प्रतिकित्ता १४९९ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटी हो । घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको हो । सोमबार यी दुई कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ८७६.७० र १२१ रुपैयाँमा भएको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य भने सबैभन्दा बढीले घटेको छ । कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले घटेर प्रतिकित्ता ३०० रुपैयाँमा झरेको छ । त्यस्तै, घलेम्दी हाइड्रोको सेयर मूल्य ८.२१ प्रतिशतले घटेर प्रतिकित्ता ३०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजारमा कारोबारमा आएका १३ वटै समूह राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ६१८ अंकले ओरालो लागेका छन् ।