थप दुई हाइड्रोपावरको आइपीओ आउँदै

काठमाडौं । दुई हाइड्रोपावरले सर्वसाधरणको लागि सेयर जारी गर्ने भएको छ । माण्डु हाइड्रोपावर र माइ खोला हाइड्रोपावरले सर्वसाधरणको लागि सेयर जारी गर्ने भएको हो । दुवै कम्पनीले प्रभु क्यापिटललाई सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्दा प्रिमियम मुल्यमा सेयर जारी गर्ने तयारी गरेको छ । यसैगरी माइखोला हाइड्रोपावरले इलाम जिल्लाको इलाम नगरपालिका स्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन शुरु गरिसकेको छ । ्

ट्रेड टावरले पनि आइपीओ निकाल्ने

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ११ लाख ५८ हजार ९ सय ८० कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक सेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सोमबार दुई कम्पनीबीच यसबारे सम्झौता भएको हो ।

‘सेयर कारोबार उत्पादनमूलक भएन, परीक्षाविना ब्रोकरहरु थप्ने काम नगरौं’

काठमाडौं । सेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेका हुन् । उनले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थमन्त्रालयको ध्यानाकर्षण गराए । सांसद सुवालले लिखित परीक्षाविना नै सेयर ब्रोकरहरु थप्ने काम भएको भन्दै त्यसमासमेत सुधारको माग गरे ।