धौलागिरी लघुवित्तको आईपीओ भाग्यमानी ५ जनालाई ११ कित्ता, १० कित्ता कतिले पाउँछन् ?
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओमा अन्तिम दिनसम्म ७०.४५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले आवेदन दिएका छन् । लघुवित्तको आईपीओमा आवेदकले २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरको लागि २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । लघुत्तिले साउन २४ गतेदेखि साउन २९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ३० हजार ८२९ जना आवेदकले मात्रै लघुवित्तको आईपीओ प्राप्त गर्नेछन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ५ कित्ता बाँकी रहन्छन् । ५ जना आवेदकलाई भने बाँकी रहेको ५ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिनेछ । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।
अभियान लघुवित्तको आईपीओ बाँडफाँट गर्दा ९१ हजारले पाए १० कित्ता
काठमाडौं । अभियान लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट सम्पन्न भएको हो । क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा १९ लाख ८० हजार ९७० जना आवेदकले २ करेड १९ लाख १२ हजार ६७० कित्ताका लागि आवेदन दिएका दिए । तर, २ हजार ३७६ जना आवेदकको विभिन्न कारणले रद्द भएको छ । बाँकि रहेका १९ लाख ७८ हजार ५९४ जना योग्य आवेदकलाई मात्रै सेयर वितरण गरेको छ । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट बाँडफाट गरिएको छ । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ९१ हजार ३७५ जनाले लघुवित्तको १० कित्ता सेयर पाएका छन् । आवेदन दिएका बाँकी आवेदकको हात रित्तो भएको छ । लघुवित्तले साउन १८ गतेदेखि साउन २२ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९ लाख ७५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ४८ हजार ७५० कित्ता सेयर सामुहिक लगानी कोष, १२ हजार ५ सय कित्ता सेयर कर्मचारी र ९ लाख १३ हजार ७५० कित्ता सेयर सर्बसाधारण लगानीर्ताका लागि छुट्याएको थियो । लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट रिजल्ट हेर्न सकिन्छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/, सिडिएससीको मेरोसेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login , सिडिएसले आईपीओको रिजल्ट हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/बाट र अभियान लघुवित्तको वेबसाइट https://www.aviyanlaghubitta.com/ बाट हेर्न सकिने छ ।
खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ३२ हजार कित्ता सेयर निष्काशन गर्नेछ । जसमध्ये ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ६ हजार ६ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी १ लाख २३ हजार ४ सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।