हिमालयन डिष्टिलरीले ७० प्रतिशत लाभांश दिने, पुस २७ गते डाक्यो साधारण सभा
काठमाडौं । हिमालयन डिष्टिलरी सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । शुक्रबार बसेको कम्पनीको संचालक समिती बैठकले यस्तो प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले यस वर्ष दिने भनेर प्रस्ताव गरेको लाभांश गत वर्षको भन्दा कम रहेको छ । कम्पनीले गत वर्ष लगानीकर्ताहरुलाइ चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लाभांश पारित गर्न माउन्टेन इनर्जी नेपालले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । माउन्टेन इनर्जी नेपालले पुस ८ गतेको लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्न वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको संचालक समितीले गत वर्षको नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसको लागि कम्पनीले मंसिर २८ गतेको लागि बुक क्लोज मिति तोकेको छ । त्यसैले २७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
प्रतिकित्ता ५ सय रुपैयाँमा सपोर्ट लघुवित्तको सेयर बिक्रीमा
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले मंसिर ८ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक समूहतर्फको ७ हजार १५० कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले बिक्रीमा राखेको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ । आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सकनेछ । उक्त सेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । सेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी मंसिर २५ गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ टेकु काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश सक्नेछन् ।