पिपुल्स हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै, कतिले पाँउछन् १० कित्ता ?

काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओ आज (बुधबार) बाँडफाँट गरिने भएको छ । कम्पनीले कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको हो । कम्पनीको आईपीओ बुधबार साँझ ४ बजे बाँडफाँट गरिने निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलले जानकारी दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि, ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा १२ लाख ६८ हजार २१७ जनाले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा १ करोड ४९ लाख ९९ हजार २५० कित्ता सेयर खरिद गर्न १ अर्ब ४९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको आईपीओमा माग भन्दा २.९३ गुणा बढी आवेदन परेको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले सेयर बाँडफाँट गरिनेछ । १० कित्ताका दरले आईपीओ बँँडफाँट गर्दा ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै सेयर पाउनेछन् । अरु अन्य आवेदकको हात भने रित्तो हुनेछ ।

नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने समय आज अन्तिम दिन

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको नबिल म्युचुअल फण्ड अन्तर्गत खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । कात्तिक २३ गतेदेखि खुला गरिएको नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने समय आज मंसिर ७ गते, बुधबार अन्तिम दिन हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ७ करोड ५० लाख इकाई मध्ये १ करोड १२ लाख ५० हजार वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धकका लागि १४ प्रतिशत वा १ करोड ५ लाख इकाई र योजना व्यवस्थापकका लागि १ प्रतिशत वा ७ लाख ५० हजार इकाई छुट्याइएको छ । बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरेको हो । क्यापिटलको लगानीकर्ताले उक्त फण्डमा मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

रिडी पावर कम्पनीले ४२.१० प्रतिशत लाभांश दिने

काठमाडौं । रिडी पावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बिहान ११ बजे बसेको बैठकले सेयरधीलाई ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब १० करोड ६३ लाख ५८ हजारको ४० प्रतिशत बोनश सेयर र २‍।१० प्रतिशतको कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गरेको हो । प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्विकृती तथा कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि बाँडिने छ ।