राष्ट्र बैंकले घटाइदियो मेगा बैंकको लाभांश, अब सेयरधनीले कति पाउँछन् ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मेगा बैंकको प्रस्तावित लाभांश घटाइदिएको छ । राष्ट्र बैंकले मेगा बैंकको प्रस्तावित नगद लाभांश ०.०४ प्रतिशतले घटाइदिएको हो । यस अघि प्रस्तावित बैंकको नगद लाभांश ३.८३ बाट ०.०४ घटेर ३.७९ प्रतिशत भएको छ । यद्यपी बैंकको बोनस लाभांश भने यथावत रहेको छ । यसअघि मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो जनु घटेर ७.७९ भएको छ ।
नेपाल एसबिआई बैंकले डबल डिजिटमा घोषणा गर्याे लाभांश
काठमाडौं । नेपाल एसबिआई बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद गरी कूल ९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ३.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरी कूल ५.३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
एनसीसी बैंकको कारोबार फुकुवा, मंगलबारबाट कारोबार हुने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) को कारोबार फुकुवा गरेको छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । कारोबार फुकुवा भएसँगै बैंकको सेयर कारोबार मंगलबारदेखि दोश्रो बजारमा हुनेछ । कुमारी बैंक र एनसीसी बैंकबीच गत असोज १० गते, सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । मर्जर सम्झौता भएको दोस्रो दिनदेखि बैंकको सेयर कारोबार रोक्का रहेको थियो ।