एशियन हाइड्रोपावरको आईपीओ मंसिर २७ देखि बिक्री हुँदै, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ४० लाख रुपैयाँको सेयर निष्काशन गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना अति प्रभावित क्षेत्र ईलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १० (साविकको गोदाक गा.वि.स. को १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु), माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु तथा नयाँबजार गा.वि.स.का वडा नं. ५० तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको माघेसुन्तले र तिनघरे गा.वि.स.का सम्पूर्ण वडाहरु तथा साविकको सूर्योदय गा.वि.स.का वडा नं. ३, ४ र ५) का स्थानीय बासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बासोबास गर्ने बासिन्दाहरुका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर निष्काशन गरिनेछ । यस्तै, सर्वसाधारणलाई निष्काशन गरिने २४.७१ प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ ८ लाख ४० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुको लागि निष्काशन गरिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको पूर्ण आवेदन नपरेमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनएमबि बैंकको इलाम शाखा, सिभिल बैंकको जोगमाइ शाखा, प्राइम बैंक, ग्लोबल आइएमई बैंकको सूर्योदय शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर माइनस एनपी बीबी एस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
लाभांशसहित ८ एजेण्डा पारित गर्न नागरिक स्टकको साधारण सभा आज हुँदै
काठमाडौं । नागरिक स्टक डिलरको तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज मंसिर १८ गते नागरिक लगानी कोषको कार्यलय नयाँ बानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजेदेखि सुरू हुने भएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६.८५ प्रतिशत अथार्त २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने र कम्पनीको २०७८ चैत्र ६ गते र २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरिएका सञ्चालकहरुको अनुमोदन गर्नेछ । कम्पनीको बोनस सेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्न लगायतका प्रस्ताव पारित गर्ने छ । कम्पनीको सभाले विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिनेछ ।
बिफिनले घोषणा गर्याे १४.७० प्रतिशत लाभांश
काठमाडौं । काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले सेयरधनीहरुलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७० प्रतिशत अर्थात् ७२ लाख ७६ हजार ५०० सय रपैयाँ बराबरको नगद लाभाशं (कर प्रयोजनको लागि समेत) वितरण गर्ने भएको हो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न बिफिनको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा अपरान्ह ३ बजे चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले लाभांश वितरण प्रस्ताव सहित आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी सम्पूर्ण अनुसुचीहरु उपर छलफल गरि स्विकृत गर्नछ । यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाहृय लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने छ । कम्पनीको लेखापरीक्षक श्री केजे एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तीका लागी योग्य रहेको बताएको छ ।