प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रिमियर इन्स्योरेन्स कम्पनी र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो । यी २ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ६८९.७२ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार कम्पनको सेयर प्रतिकित्ता ७८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८५८.९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ९४३.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यी ३ कम्पनीको साधारण सभा आज हुँदै, कति लाभांश पारित गर्दैछन् ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ३ कम्पनीको वार्षिक साधारण सभा आज हुने भएको छ । गरिमा विकास बैंक, नेपाल इन्स्योरेन्स र चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारण सभा आज हुने भएको हो । यी तीनै कम्पनीका संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका सामान्य प्रस्ताव रहेका छन् । गरिमा विकास बैंकको १६ औँ वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा बिहान १० बजे हुँदैछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद गरी कूल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले मर्जरका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थासँग प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तिायारी प्रदान गर्नेछ । नेपाल इन्स्योरेन्स कम्पनीको ७४ औँ वार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुँदैछ । सभामा गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.४२११ प्रतिशत नगद गरी कूल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले हाल कायम संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर सरचनालाइ परिमार्जन गरी ५१ः४९ को अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गर्ने छ । चिलिमे जलविद्युत कम्पनीको २६ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुँदैछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
अपि पावरको लाभांस घोषणा, बोनस र नगद दुवै घट्यो
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीके बिहीबार बसेको बैठकले गत वर्षको नाफाबाट ७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांस गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ हजार रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । यस अघि कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।