महिला र महुली लघुवित्तको कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले महिला लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का गरेको छ । दुवै लघुवित्तले कारोबार समयमा लाभांश वितरण गर्ने घोषणा गरेको भन्दै कारोबार रोक्का गरेको हो । कारोबार समयमा लाभांश वितरण गर्ने प्रस्ताव गरेर सेयर मूल्यमा प्रभाव पार्न खोजेको आरोपमा दुवै कम्पनीलाई नेप्सेले स्पष्टिकण समेत सोधेको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) बमोजिम जानकारी नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेले जनाएको छ । विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरूप धितोपत्रको कारोबार रोक्का गरिएको र के कति कारणबाट समयमानै जानकारी नदिएको हो ? भन्दै ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । महिला लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, महुली लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।
सुपर हेवा पावरले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । सुपर हेवा खोला कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त शेयर बिक्रि तथ वितरणका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ । कम्पनीले सर्वसाधारणमा बिक्री गरिने १०० अंकित दरका ११ करोड ५४ लाख ३६ हजार रकम बराबरको ११ ला ५४ हजार ३६० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धको जिम्मा लक्ष्मी क्यापिटलले पाएको हो । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका हुन् । सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।
मंगलबार २१ अंकले घट्याे सेयर बजार, साढे ७ अर्बकाे काराेबार
काठमाडौं । मंगलबारको सेयर बजार २१.३५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार घटेर २१९०.४२ विन्दुमा पुगेको छ । बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ । आज २० करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ कराेड रुपैयाँ बढीको कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी न्याग्दी ग्रुप पावरको सबैभन्दा बढी २१ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, आज बाराही हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर २८।४० रुपैयाँले बढेर सर्किट लागेको हो ।