नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार सम्पन्न ११ औं साधारण सभाले ३८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस पश्चात कम्पनीको चुत्ता पुँजी ७८ करोड ३३ लाख ७५ हजार ७६८ रुपैयाँ बराबरको हनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्ने जनाएको छ । आ।व। २०७८र७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७५ ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५ प्रतिशत प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रति सेयर २५५ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रवद्र्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ । राष्ट्रिय स्तरको भुक्तानी तथा राफसाफको प्रणाली स्थापना तथा सञ्चालन गर्ने यस कम्पनीले एनसिएचएल इसिसि, एससिएचएलसआइपिएस र आरपिएस लगायतका भुक्तानी प्रणालीहरु मार्फत आ।व। २०७८र७९ मा कुल १५७।५ खर्ब बराबरको ७।०४ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, साढे ५ अर्बको कारोबार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ४१ दशमलब शून्य दुई अङ्कले ओरालो लागेर दुई हजार एक सय ४९ दशमलब ४१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८९ अङ्कले ओरालो लागेर चार सय ११ दशमलब २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएकामध्ये २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, एक सय ८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल एक करोड ४४ लाख ८२ हजार नौ सय ५९ कित्ता से पाँच अर्ब ४७ करोड ७६ लाख २४ हजार सात सय २४ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब तीन अर्ब १५ करोड ६९ लाख ४७ हजार छ सय २५ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड २० लाख १२ हजार एक सय ३१ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी १७ करोड ८३ लाख १० हजार आठ सय २२, ङादी पावर कम्पनी १६ करोड ९४ लाख २० हजार छ सय ७०, अपि पावर कम्पनी रु १४ करोड चार लाख ४५ हजार आठ सय र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु १२ करोड ८४ लाख ९९ हजार नौ सय २३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार कुमारी धनवृद्धि योजना, सिङ्गटी हाइड्रो इनर्जी र बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइबीएल समृद्धि फण्ड दोस्रो नौ दशमलब ३० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले सात दशमलब ६१ प्रतिशतले कमाउका छन् । त्यस्तै, गुराँस लघुवित्त नौ दशमलब १८, कालिका पावर कम्पनी आठ दशमलब ४८, बलेफी हाइड्रोपावर सात दशमलब ४४, स्वाभिमान लघुवित्त सात दशमलब ३१ र खप्तड लघुवित्तको शेयर मूल्य सात दशमलब ३० प्रतिशतले घटेको छ ।

नेपाल टेलिकमको ४० प्रतिशत नगद लाभांश पारित

काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनीकाे लाभांश पारित भएकाे छ । कम्पनीकाे बिहीबार सम्पन्न पन्ध्रौँ वार्षिक साधारणसभाले संचालक समितिकाे प्रस्तावित ४० प्रतिशत लाभांश पारित गरेकाे हाे । समितिले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेशकुमार गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ । पन्ध्रौँ साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम आज (पुस २८ गते) देखि एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जानकाी दिएकाे छ । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कोभिड–१९ को महामारी तथा यसको प्रभाव र असरकाबिच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार निकट भविष्यमा यसको परीक्षण कार्य सफलतापूर्वक सम्पन्न गर्नेगरी काम अघि बढाइएको पनि अर्यालले बताए । आर्थिक वर्ष २०७८/७९मा कम्पनीले कुल ४४ अर्ब ३७ करोड राजश्व आम्दानी गरी ८ अर्ब ४७ करोड खुद नाफा गरेकाे छ । यो नाफा गत वर्षको भन्दा १ अर्ब ३५ करोडले बढी हो । यसै आ.व.मा कम्पनीले कर तथा शुल्क वापत आफ्नो कुल आयको ५९.५२ प्रतिशत अर्थात् २६ अर्ब ४१ करोड राजश्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ । कम्पनीका चालु तथा नयाँ आयोजनाहरु अन्तर्गत वायरलाइन, वायरलेस, सूचना प्रविधि तथा बिलिङ र व्याकबोन प्रसारणतर्फ भइरहेका कार्यहरु बारेमा समेत उहाँले जानकारी प्रदान गर्नुभएको थियो ।