बुटवल पावर कम्पनीको १२.५ प्रतिशत लाभांश पारित

काठमाडाैं । बुटवल पावर कम्पनीको लाभांश पारित भएकाे छ । कम्पनीकाे ३० औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १२.५ प्रतिशत लाभांश पारित गरेकाे हाे । समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीकाे ७.५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बाेनस सेयर वितरण वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । बोनस सेयर जारी भएसंगै कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० कराेड ९० लाख ६४ हजार ६०० रुपैयाँ कायम हुनेछ । यस कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भइरहेका छन् । साथै, सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मे. वा. को खुदी जलविद्युत केन्द्र र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन हुँदै आएको छ । खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ । यस्तै, लमजुड्ढ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने प्रसारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले वैकल्पिक प्रसारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिरहेकाे छ । साथै, कम्पनीकले ३७.६ मे.वा.को कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य पुनः सुचारु गर्नका लागि तयारी गरिरहेकाे जनाएकाे छ ।    

सनराईज क्यापिटलको ३ दशक पुरा, ३० जनालाई नि:शुल्क डिम्याट

काठमाडौं । नेपालको पहिलो मर्चेन्ट बैंक सनराइज क्यापिटल ३० वर्ष पुरा गरी ३१ औं वर्षमा प्रवेश गरेको छ । ३ दशक लामो इतिहास बोकेको क्यापिटल माघ १ गतेदेखि ३० वुर्ष पुरा गरेको हो । नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पहिलो कम्पनीका रुपमा वि.सं. २०४९ माघ १ गते सञ्चालनमा आएको थियो । एनआईडिसि. क्यापिटल मार्केट्सको नामबाट संचालनमा आएको थियो । वि.सं. २०६७ मा एनआईडिसि. क्यापिटल मार्केट्सको सहायक कम्पनीका रुपमा एनसिएम मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई बैंकिङ्ग कारोवार गर्दै आएको छ । सनराईज बैंंकले वि.सं. २०७३ माघ २८ मा प्राप्ती गरेपश्चात् सनराईज क्यापिटलको नामबाट सेवा दिँदै आएको छ । नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पुर्याउदै मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोमा आज ३० वर्ष पूरा गरेको हो । ३० वर्ष पूरा गरेको उपलक्ष्यमा माघ १ गतेदेखि विभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको छ : निःशुल्क डिम्याट खाता ३० दिनका लागि निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि लगानी व्यवस्थापन सेवाको Entry Load शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि Entry Load ३० दिनका लागि निःशुल्क Custodial service को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क Custodial service / Portfolio counseling संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट नेपालमा पहिलो सामुहिक लगानी कोषको शुरुवात गरेको इतिहासलाई कायम राख्दै कम्पनीले हाल २ वटा म्युचुअल फण्ड ‘सनराईज फस्र्ट म्युचुअल फण्ड’ र ‘सनराइज ब्लूचिप फण्ड’ को व्यवस्थापन गर्दै आईरहेको छ । नयाँ म्युचुअल फण्ड ‘सनराईज फोकष्ड ईक्विटी फण्ड’ निष्काशनको क्रममा रहेको छ । हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सेयर निष्काशन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, सेयर रजिष्ट्रार, सेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आईरहेको छ ।  

सोलार फार्मले २० लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडाैं । सोलार फार्मले २० लाख कित्ता सेयर सार्वजनिक गर्ने भएकाे छ । फार्मले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुलाई १०० रुपैयाँ अंकित २० लाख कित्ता सेयर सार्वजनिक गर्ने भएकाे हाे । कम्पनीले कुमारी क्यापिटललाई यसकाे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सोलार फार्मका तर्फबाट सञ्चालक समितीका अध्यक्ष आष बहादुर गुरुङ्ग (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सोलार फार्मको अधिकृत पूँजी ६५ करोड रूपैयाँ, जारी पूँजी ६५ करोड रूपैयाँ र चुक्ता पूँजी ४५ करोड रूपैयाँ रहेको छ । नेपालको पहिलो सोलरबाट विद्युत उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगावाट क्षमताको सोलार बाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं.५ बेल चौतारामा अवस्थित छ ।