एक्सेल डेभलपमेन्ट बैंकको बोनश सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एक्सेल डेभलपमेन्ट बैंकको बोनश सेयर आज सूचिकृत भएको छ । बैंकको साधारण सभाबाट पारित भएको ८.५ प्रतिशत बोनश सेयर सूचिकृत भएको हो । कुल ९ लाख ७९ हजार २३ कित्ता आज सूचिकृत भएको हो । अब बैंकको उक्त सेयर सूचीकृतपश्चात सम्बन्धित सेयरधीको हितग्राही खातामा जम्मा भएपछि सेयर बजारमा कारोबार गर्न सकिनेछ ।

१३ अंकले घट्यो सेयर बजार, पाँच वित्तिय कम्पनीको सेयरमा सर्किट

काठमाडौं । सोमबार १३ अंकले सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार सोमबार सेयर बजार घटेर २१६५.१० विन्दुमा पुगेको छ । आज एक करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ कराेड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार सबैभन्दा बढी कारोबार कुमारी बैंककाे २७ करोड रुपैयाँको भएकाे छ । आज पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लेभलमा कारोबार हुने कम्पनीहरु क्रमश आदर्श लघुवित्त वित्तिय संस्था, सानिमा जिआइसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड बैंक र समृद्धि फाइनान्स रहेको छ ।

३८.५ प्रतिशत लाभांश वितरण गर्ने नेशनल माइक्रोफाइनान्सकाे घोषणा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । माघ ९ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे हाे । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्त गरेका कारण लाभांश कर छुट हुने व्यवस्थाले गर्दा हाल कर प्रयोजनार्थ कुनै रकम छुट्याइएको छैन । आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।