भुगोल इनर्जिले चैत २३ गतेदेखि आईपीओ बेच्दै, कति कित्ता आवेदन दिने ?

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले चैत २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूलय दरका १० लाख ८८ हजार १०७ कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोष र बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका छुट्याएको सेयर बिक्री गरी बाँडफाँट गरिसकेको छ । त्यसैले अब सर्वसाधारण लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा चैत २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित, संचालकमा ३ जना निर्विरोध

काठमाडौं । कृषि विकास बैंकको १३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको मंगलबार सम्पन्न वार्षिक साधरणसभाले लाभांश पारित गरेको हो । बैंकको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । यस्तै, सभामार्फत बैंकको संचालक समितिमा समूह (ख) सर्वसाधरण सेयरधनीहरुको तर्फबाट ३ (तीन) जना संचालक सदस्य क्रमशः गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, र विनोद कुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । कृषि विकास बैंकले देशभर रहेको २८० वटा शाखाहरुबाट बैंकिङ सुविधा दिँदै आएको छ । ‍    

नेप्सेमा दोहोरो अङ्कको सुधार, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता सेयर ३५ हजार नौ सय २६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ३७ लाख १३ हजार आठ सय ७८ बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त र निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ११ दशमलव १४, पाँच दशमलव ४६ र १० दशमलव ३७ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय १५ दशमलव ९१ र उत्पादन समूहको उपसूचक ८१ दशमलव १८ अङ्कले बढेको छ । त्यसैगरी, बैंकिङ समूह तीन दशमलव ७६, होटल तथा पर्यटन समूह १३ दशमलव ७६, जलविद्युत् समूह छ दशमलव ३१ र लगानी समूह शून्य दशमलव ६२ अङ्कले बढेको छ । आज जीवन बीमा समूह २९ दशमलव ५८, म्युचुअल फन्ड समूह शून्य दशमलव ३३, व्यापार समूह २२ दशमलव ८३ र अन्य समूह सात दशमलव ६२ अङ्कले बढेको छ । सुपर माई हाइड्रोपावर, सृजनशील लघुवित्त वित्तीय संस्था र एसियन हाइड्रोपावरको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट देखिनेमा तेह्रथुम पावर कम्पनीको सेयर मूल्य तीन दशमलव १७ प्रतिशतले घटेको छ । कारोबार रकम र सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई जनरल इन्सुरेन्स लिमिटेडको छ करोड १५ लाख १३ हजार बराबरको एक लाख ५८ हजार एक सय ३३ कित्ता सेयर कारोबार भएको छ ।