आइडियाप्रनर नेपालले ल्यायाे मनिमित्र एप, २९९ रुपैयाँमा लगानीकर्तालाई सबै जानकारी
काठमाडौं । वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित सेयर लगानीलाई परिष्कृत गर्ने उद्देश्यले मनिमित्र एप सार्वजनिक भएको छ । बिहीबार आइडियाप्रनर नेपालले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त एप सार्वजनिक गरेको हो । नेपालमा सन २०२० देखि वित्तीय साक्षरता प्रवद्र्धनको भुमिका आइडियाप्रनर नेपालले निभाउँदै आएको छ । एपमा नेपालको सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताका लागि आवश्यक पर्ने वित्तीय जानकारी, प्राविधिक विश्लेषण र वित्तीय व्यवस्थापन लगायतका सेवाहरु उपलब्ध रहेकाे कम्पनीले जानकारी दिएकाे छ । कम्पनीकाे अनुसार एप प्रयोग कर्ताले शुरुवातका दिनहरुमा २९९ रुपैयाँ शुल्क प्रति महिनामा तिरेर प्रयोग गर्न सक्नेछन् । उक्त एप सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सार्वजनिक भएको मणीमित्र एपले धितोपत्र बोर्डको समस्या समेत समाधान गर्न बताए । ‘नेपालका सेयर बजारमा मुल जनसख्याको २० प्रतिशत नागरिक सहभागी छन्, यस एपले वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित सेयर लगानीलाई सहयोग गर्नेछ,’ उनले भने । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जोक कोईरालाले मनिमित्रको प्रोडक्ट ‘गुरुमन्त्र’मा प्रयोगकर्ताले नेप्सेमा सूचिकृत रहेका सम्पूर्ण कम्पनीको वित्तीय विवरण, प्राविधिक विश्लेषण टुल प्राप्त गर्नेसक्ने बताए । उनकाे अनुसार एपको प्राविधिक विश्लेषण चार्ट भने निःशुल्क प्रयोग गर्न सकिनेछ । ‘मनिभित्र एपमा रहेको गुरु मन्त्रमा दैनिक मार्केटको डाटा, सेयर बजारमा दैनिक रूपमा कारोबार हुँदा सबैभन्दा बढी प्रभावित कम्पनीको विवरण, चाहेको मूल्यमा सेयरको मूल्य आउँदा जानकारी पाउन सकिने छ,’ उनले भने । ‘गुरु मन्त्रमा रहेको स्टक बास्केटमा विभिन्न १६ आधार कम्पनीहरुलाई समूहगत रूपमा रहेको छ, नेप्से उपसमूहका अन्य कम्पनीहरुको तुलनामा राम्रो वित्तीय अवस्था र लगानीमा राम्रो प्रतिफल दिनसक्ने कम्पनीहरुलाई समूहगत रूपमा सुपर कमर्शियल बैंक, सुपर हाइड्रोपावर, सुपर डेभलपमेण्ट बैंक, सुपर फाइनान्स, सुपर नन लाइफ इन्स्योरेन्स, सुपर माइक्रोफाइनान्स, सुपर लाइफ इन्स्योरेन्समा राखिएको छ,’ उनले थपे । उनले मनिमित्रले मानिसहरुलाई लगानी गर्न सिकाउने, लगानी बढाउने र लगानी गरेको रकमलाई व्यवस्थापन गर्न समेत सिकाउने बताए । मनि मित्रको अर्को प्रोडक्ट ब्रोकर चिरफारमा प्रयोगकर्ताले आफूले कारोबार गर्दै आइरहेको ब्रोकरलाई उसको सेवाको आधारमा रेटिङ प्रदान गर्न सकिन्छ । ब्रोकर चिरफारको फीडमा आफ्नो अनुभव अन्य प्रयोगकर्ताले पनि हेर्न मिल्नेगरी साझा गर्ने व्यवस्था गरिएको छ । ब्रोकर चिरफार अन्तर्गत सेयर कारोबारमा लाग्ने विभिन्न कारोबारको कमिसनको हिसाबकिताब, ब्रोकेरले सर्वाधिक खरिद/बिक्री गरेका सेयरको विवरण, ब्रोकरले होल्ड गरेको कम्पनीको विवरण सँगसँगै ब्रोकरका रोजाइका कम्पनीहरूलाई प्रयोगकर्ताले सहज रुपमा बुझ्ने गरी ब्रोकर चिरफारमा राखिएको छ । मनिमित्रको अर्को प्रोडक्ट वृद्धिले व्यक्तिगत वित्तीय व्यवस्थापन गर्न सहयोग र सल्लाह प्रदान गर्नेछ ।
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको एक्काईसौं वार्षिक साधारणसभाले प्रस्तावित ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७ प्रतिशत नगद लाभांश पारित गरेको हो । साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ उन्नाईस चुक्ता पूँजीबाट बोनश सेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
बिहीबार पनि सुस्त देखियो सेयर कारोबार, दुई कम्पनीमा सर्किट
काठमाडौं । बिहीबार पनि सेयर बजारमा कारोबार सुस्त देखिएको छ । नेपाल स्टक एक्चेन्जको अनुसार बिहीबार २७ लाख २८ हजार कित्ता ८९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेमा बुधबार दुई महिना यताकै न्युन कारोबार भएको थियो । बुधबार सेयर बजारमा २५ लाख कित्ता सेयर किनबेच हुँदा मात्र ८१ करोड ६२ लाख १९ हजार रुपैयाँको कारोबार भएको थियो । यस्तै, आज नेप्से १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ जसक्रममा दुई कम्पनीको सेयरमा सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर माई हाइड्रोपावर र आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ । सुपरमाईको सेयर मूल्यमा सकारात्मक र आदर्श लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टका सेयरधनीले ५ करोड रुपैयाँको गरेका छन् ।