४२ प्रतिशत लाभांश पारित गर्न रिडी पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । रिडी पावर कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको बुधबार बिहान बसेको संचालक समितिको बैठकले माघ २९ गते आइतबारको लागि साधारण सभा बोलाएको हो । संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई ४२.१ प्रतिशत लाभांश घोषणा गरेको छ । साधारण सभाले प्रस्तावित उक्त लाभांश पारित गर्नेछ । यस्तै, कम्पनीले साधारण सभाको लागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १७ सम्म कम्पनीको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्नेहरुले मात्र कम्पनीको लाभांश पाउनेछन् ।
३२ अंकले बढ्याे सेयर बजार, तीन कम्पनीमा लाग्याे सर्किट
काठमाडौं । मंगलबार सेयर बजार ३२.७२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर २१८२.११ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी कारोबार अपी पावर कम्पनीले कुल २३ करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार आज ११ करोड ८८ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार मंगलबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनी क्रमशस् ग्रिन भेन्चर्स, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोपावर रहेको छ ।
गुहेश्वरी मर्चेन्टको बुक क्लोज माघ २० गते
काठमाडौं । गुहेश्वरी मर्चेन्टको बुक क्लोज तोकिएको छ। कम्पनीको सोमबार बसेको बैठकले साधारण सभा प्रयोजनको लागि माघ २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १९ गतेसम्म गुहेश्वरी मर्चेन्टको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत सेयरधनीले मात्र लाभांश पाउनेछन् । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको साधारण सभा माघ २७ गते हुँदैछ ।