युनाइटेड मोदी हाइड्रोपावरको लाभांश पारित, संचालकमा पाण्डे नियुक्त

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावको लाभांश पारित भएकाे छ । कम्पनीकाे ९औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ७.०३६८ प्रतिशत लाभांश पारित गरेकाे हाे । सभाले आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर (कर बाहेक) तथा ०.३६८ प्रतिशत कर पयोजनका लागि नगद लाभांश प्रस्ताव पारित गरेकाे हाे । त्यसैगरी, सभाले अमित पाण्डेलाई चार वर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त गर्नुको साथै २०७९/०८० को लेखापरीक्षण कार्यको लागि नेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गरेको छ । सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो । यसरी बजार घट्दा २८ लाख ७० हजार कित्ता सेयर ९२ करोड रुपैयाँमा कारोबार भएको छ । जसमा सबैभन्दा बढी  सेयर कारोबार गर्नेमा शिवम् सिमेन्ट रेहेको छ । कम्पनीको आज ४ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज बैंकिङ, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह शून्य दशमलव ५४, निर्जीवन बीमा समूह एक दशमलव ६९ र व्यापार समूह चार दशमलव ०४ अङ्कले बढेको छ । आज सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ४२ दशमलव १२ र जलविद्युत् समूहको उपसूचक २८ दशमलव ५८ अङ्कले घटेको छ । वित्त समूह २२ दशमलव ६०, होटल तथा पर्यटन समूह नौ दशमलव ४१, लगानी समूह शून्य दशमलव ६३, र जीवन बीमा समूह १८ दशमलव ६२ अङ्कले घटेको नेप्सेले जनाएको छ । उत्पादन तथा प्रशोधन समूह १९ दशमलव ३७, लघुवित्त समूह १३ दशमलव १४, म्युचुअल फन्ड समूह शून्य दशमलव ११ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ । यस्तै, आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा कालिन्चोक दर्शन र सिटिजन्स म्युचअल फण्ड-२ रहेको छ । आज कालिन्चोक दर्शनको सेयर मूद्य २८.३० रुपैयाँ र सिटिजन्स म्युचल फण्ड-२ को सेयर मूल्य ०.७० रुपैयाँले बढेको छ ।

युनाइटेड इन्स्योरेन्सको ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको ५ प्रतिशत वापतको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।