नेप्सेमा नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको मुल्य समायोजन भएको छ । नेप्सेले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर मुल्यमा समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । लघुवित्तको १५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेल प्रतिकित्ता १ हजार २४७.८३ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ४३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा, दोस्रो बजारभन्दा २१ रुपैयाँ महँगो
काठमाडौं । ग्लोबल आइएमई बैंकले दोस्रो बजारभन्दा २१ रुपैयाँ महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्री गर्ने भएको हो । नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता ११४ रुपैयाँमा कारोबार भएको छ । तर, बैंकले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता न्युनतम १३५ रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा कायम रहेकोभन्दा प्रतिकित्ता २१ रुपैयाँ महँगोमा बैंकले सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनी कुनाल कयाल नाममा रहेको ५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । साथै, अन्य केही संस्थापक सेयरधनीहरुले समते आफ्नो नामको सेयर आंशिक वा पुरै बिक्री गर्ने भएका छन् । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १३५ रुपैयाँ तोकेको छ । इच्छुक संस्थापक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापकले बोलपत्र पेश नगरे सर्वासधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले चैत २९ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज बैशाख ४ गते अन्तिम दिन हो । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ बिक्री गरेको हो । बैंकले १ अर्ब रुपैयाँको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।