समीट लघुवित्तको ८५ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले केही संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ९ सय कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य तोकिएको छैन । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर र मूल्य तोकेर ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र उक्त संस्थापक सेयरधनीहरुले खरिद नगरे सर्वसाधारण ब्यक्तिका लागि बिक्रीमा राखिनेछ । लघुवित्तको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
ब्रोकरलाई एउटा शाखा खोल्न साढे एक करोड चाहिने, पुँजीभन्दा नेटवर्थ बढी हुनुपर्ने
काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले अबदेखि विभिन्न स्थानमा ब्रोकर शाखा खोल्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायीले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै उनीहरुलाई शाखा खोल्न बाटो खुला गरेको हो । यो निर्देशिका यहि फागुन ४ गतेदेखि लागू भएको छ । जसअनुसार ब्रोकरले शाखा कार्यालय खोल्दा प्रतिशाखा एक करोड ५० लाख रुपैयाँका दरले चुक्ता पुँजी कायम गर्नु पर्नेछ । तर ब्रोकरको मुख्य कार्यालय रहेको जिल्लामा अर्को शाखा कार्यालय खोल्न स्वीकृति नदिइने व्यवस्था छ । त्यस्तै, नेपाल सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा कार्यालय खोल्न बोर्डले स्वीकृति दिन सक्नेछ । ब्रोकरले काठमाडौं उपत्यका बाहिर कम्तिमा तीनवटा शाखा खोले पछिमात्र काठमाडौं उपत्यकाभित्र शाखा खोल्न पाउने छन् । त्यस्तै, शाखा कार्यालय खोल्न चाहने ब्रोकरको नेटवर्थ भने चुक्ता पुँजीभन्दा बढी हुनु पर्नेछ । बोर्डले दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक रहेको भन्दै ब्रोकरहरुलाई नयाँ शाखा खोल्न पाउने व्यवस्था गरिदिएको हो । साथै, यो निर्देशिका अनुसार ब्रोकहरुले खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितोर सहज बनाउन, धितोपत्र दलाल व्यवसायमा रहने वित्तीय जोखिमको न्यूनिकरण गरी सबल ढङ्गले शाखा कार्यालय संचालन गर्न बोर्डको निर्देशन छ । यस्तो छ निर्देशिका [pdf id=389233]
हिमालयन बैंकको १ करोड बढी कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको ८ प्रतिशत अर्थात १ करोड ३ लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । उक्त सेयर शुक्रबार मात्रै नेप्सेमा थपिएको हो । हिमालयन र सिभिल बैंक एक आपसमा मर्ज भई आगामी फागुन १२ गतेदेखि एकीकृत कारोबार भइरहेका छन् । मर्जपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।