गणपति लघुवित्तले लाभांश घोषणा नगरी बोलायो साधारण सभा
काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा नगरी साधारण सभा बोलाएको छ । कम्पनीले चैत २५ गते साधारण सभा बोलाएको हो । गत आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत लाभांश बाँडेको यस लघुवित्तका सेयरधनीको यस वर्ष भने हात खाली हुने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ गते एक दिन बुक क्लोज मिति तोकेको छ । यसको अर्थ चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।
जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त घोषणा फागुन ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २८ प्रतिशत बोनस र ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरी संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी २८ करोड ९५ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर पारित पश्चात संस्थाको चुक्ता पुँजी ३७ करोड नाघ्ने छ ।
आजसम्म यी ३ कम्पनीको सेयर खरिद गर्याे भने लाभांश पाइने
काठमाडौं । सोमबार विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन हो । यी ३ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । फागुन ९ गते ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले यी ३ कम्पनीको लाभांश प्राप्त गर्नेछन् । कर्पोरेट डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/÷७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २२ गते १५ औं वार्षिक साधारण सभा आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे बोलाएको छ । यस्तै, ङादी ग्रुप पावरले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ४.५७ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितररण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले फागुन २५ गते नवौं वार्षिक साधारण सभा यूनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे बोलाएको छ । यस्तै, स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले फागुन १९ गते २१ औं वार्षिक साधारण सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजे डोकेको छ ।