नेप्सेमा एक दर्जन बैंकको ९ करोड कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक दर्जन बैंकको पौने ९ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । हालसम्म ५ वटा वाणिज्य बैंक र ६ वटा विकास बैंकको गरी कुल ११ बैंकको ८ करोड ८० लाख बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल एसबिआई बैंकको गरी कुल ७ करोड २८ लाख ८५ हजार ६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकको गरी कुल १ करोड ५१ लाख ३९ हजार ८५६ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस वापत १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गरेको हो । एभरेष्ट बैंकको १० प्रतिशत बोनस वापत १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ लाभांश वितरण गरेको हो । एनआईसी एशिया बैंकको २९ प्रतिशत बोनस वापत ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले सेयरधनीहरूलाई २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कुल ३०.५ लाभांश वितरण गरेको हो । सानिमा बैंकको ९ प्रतिशत बोनस वापत १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७० लाभांश वितरण गरेको हो । नेपाल एसबिआई बैंकको ३.७५ प्रतिशत बोनस वापत ३७ लाख ९५ हजार २३५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गरेको थियो । सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस वापत १६ लाख ३३ हजार ७९५.८६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश बाँडेको हो । गरिमा विकास बैंकको ९.५ प्रतिशत बोनस वापत ४९ लाख २८ हजार ३०२.७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको हो । मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस वापत ९ लाख ६४ हजार २५१.३६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनस वापत ४४ लाख ९८ हजार ७७.३७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गरेको हो । मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनस वापतको ६२ लाख ६० हजार ३७७.७६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद गरी कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गरेको थियो । लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस वापतको १३ लाख ५३ हजार १२८.५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद गरी कुल ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन हुने
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन हुने भएको छ । चैत १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले संस्थाको सेयर अनुपात परिवर्तन गर्ने प्रस्ताव गरेको हो । उक्त बैठकले बैंकको सेयर अनुपात ५१ः४९ कायम गर्ने निर्णय गरेको छ । यससँगै संस्थापक सेयर २६ लाख ४६ हजार ९०० र साधारण सेयर २५ लाख ४३ हजार १०० कित्ता कायम हुने छ । हाल संस्थाको संस्थापक र साधारण सेयरको अनुपात ५५ः४५ रहेको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्ने छ । बैंकको दशौं तथा एघारौं सभा आगामी चैत २७ गते बस्दै छ ।
एनएमबी बैंकको ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । एनएमबी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक सेयर शुक्रबारदेखि बिक्रीमामा राखिएको जानकारी दिएकाे हाे । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आईपुगने गरी आवेदन दिनुपर्नेछ ।