ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन हुने

<p>काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन हुने भएको छ । चैत १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले संस्थाको सेयर अनुपात परिवर्तन गर्ने प्रस्ताव गरेको हो । उक्त बैठकले बैंकको सेयर अनुपात ५१ः४९ कायम गर्ने निर्णय गरेको छ । यससँगै संस्थापक सेयर २६ लाख ४६ हजार ९०० र साधारण सेयर २५ लाख ४३ [&hellip;]</p>

Green Development Bankकाठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन हुने भएको छ । चैत १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले संस्थाको सेयर अनुपात परिवर्तन गर्ने प्रस्ताव गरेको हो ।

उक्त बैठकले बैंकको सेयर अनुपात ५१ः४९ कायम गर्ने निर्णय गरेको छ । यससँगै संस्थापक सेयर २६ लाख ४६ हजार ९०० र साधारण सेयर २५ लाख ४३ हजार १०० कित्ता कायम हुने छ । हाल संस्थाको संस्थापक र साधारण सेयरको अनुपात ५५ः४५ रहेको छ ।

सञ्चालक समितिको उक्त प्रस्तावलाई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्ने छ । बैंकको दशौं तथा एघारौं सभा आगामी चैत २७ गते बस्दै छ ।

Share News