मैलुङ खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । १०औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले शुक्रबार बुक क्लोज गर्दै छ । कम्पनीको सभाले चुक्ता पुँजीको २.२२११ प्रतिशतले हुन आउने रकम ८१ लाख ७६ हजार ८२४.१७ रुपैयाँ बोनस सेयर र ०.११६९ प्रतिशतले हुन आउने रकम ४ लाख ३० हजार ३५९.१७ रुपैयाँको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते बिहीबार लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएकाे छ ।

डिप्रोक्स लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा हुन्छ कारोबार ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७२५.१८ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ७९७.७० रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७२५.१८ रुपैयाँलाई आधार मानेर हुने छ ।

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, कारोबार रकममा पनि गिरावट

काठमाडौं । लगातार चारदिन घटेर बढेको नेप्से परिसूचक बुधबार पुनः घटेको छ । मंगलबार दोहोरो अंकले बढेको परिसूचक बुधबार पनि दोहोरो अंकले नै घटेको छ । बुधबार कारोबार खुल्दा उकालोको यात्रा तय गरेको बजारले केही समयमै ओरालोको यात्रा समातेको थियो । यससँगै कारोबार बन्द हुँदा सेयर मूल्य मापक नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५३ प्रतिशतले कम हो । बजारमा परिसूचकसँग कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार भने २ अर्ब २३ करोडमा सीमित भएको छ । कूल कारोबार संख्या भने दुबै दिन बराबर अर्थात ३१० नै रहेको छ । बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयर मूल्य भने ५ रुपैयाँले घटेर प्रतिकित्ता ५२५ रुपैयाँमा झरेको छ । बजार घटेपनि बढेपनि सवोत्तम सिमेन्टको सेयर मूल्यमा भने निरन्तर सर्किट लागिरहेको छ । बुधबार घटेको बजारमा पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सर्किट लागेर प्रतिकित्ता ९८४.६० रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन ८०-२० नामक डिबेन्चरको पनि मूल्य ९.९३ प्रतिशतले बढेको छ । दोहोरो अंकले घटेको बजारमा कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.६६ प्रतिशतले घटेको छ । बुधबार उत्पादनमूलक बाहेक कारोबारमा आएका सबैसमूह राताम्मे देखिएका छन् ।