सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई नगदसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार ५५९.४९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको अगाामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

८.३ अंकले घट्यो सेयर बजार, सबै उपसमूह राताम्ये

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार परिसूचक (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ८.३० अंकले घटी २ हजार ७४८.०५ अंकमा बन्द भएको छ । आज दिनभरिमा ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ । आज ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको मूल्य घटेको छ । साथै, विभिन्न ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिन्छ । नेप्सेका अनुसार विशाल बजार, नेपाल लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्राेफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे । आज एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयर काराेबार धेरै भएकाे छ । यस कम्पनीको ३१ करोड ८ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै, नेपाल फाइनान्स लिमिटेडकाे २९ करोड ७४ लाख १९ हजार, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे २७ करोड ९४ लाख २४ हजार, जानकी फाइनान्स कम्पनी लिमिटेडकाे २३ करोड १६ लाख ४४ हजार सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै उपसमूह राताम्ये छन् ।

लक्ष्य होल्डिङ्स र लक्ष्य क्यापिटलको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । लक्ष्य होल्डिङ्स र लक्ष्य क्यापिटलले लाभांश घोषणा गरेका छन् । दुइटै कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लक्ष्य होल्डिङ्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, लक्ष्य क्यापिटलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१५ प्रतिशत नगद गरी कुल ३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । साथै, यी दुइटै कम्पनीले लाभांश पारित गर्न पुस ६ गते ललितपुर पार्टी प्यालेस सातदोबाटो बिहान १० बजे तेस्रो वार्षिक साधारण सभा बोलाएका छन् । कम्पनीको सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, आर्थिक वर्ष २०८१÷८२ को लागि लेखापरीक्षक नियुक्त गर्नेछ । लक्ष्य होल्डिङ्ग “१०,००० लगानीकर्ताहरुको जमघट” अभियान संचालन गरि बढीभन्दा बढी लगानीकर्ताहरुलाई लगानीका सूचनाको संजालमा राख्ने समूह हौं । पहिलो चरणको लक्ष्य अनुसार १० हजार लगानीकर्ताहरुको नामावली तयार पार्ने उदेश्य राखिएको थियो । जुन ३ महीनामै ९ हजार ६ सयभन्दा बढी लगानीकर्ताहरु आबद्ध भएको कम्पनीको भनाइ छ । १० हजार लगानीकर्ताहरुको नामावली संकलन गरि भविष्यमा आउने लगानीका अवसरहरुको सूचनाको लागि मात्र हो र यसको लागि कुनै शुल्क उठाईएको छैन । लक्ष्य होल्डिंङ्गसको १ अर्ब १५ करोड अधिकृत पूँजी र १ अर्ब चुक्ता पूँजी रहेको छ ।