घट्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०७ बिन्दुमा पुगेको  हो । आज घटेको बजारमा ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । १ करोड ६७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार गरेको छ । एक्सेल डेभलपमेन्टको ३४ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ भने नेपाल फाइनान्सको २८ करोड ६ लाख रुपैयाँ बढीको कारोबार गरेको छ । साथै, कारोबारमा विकास बैंक, होटल र व्यापार समूहको उपसूचक बढेको छ भने भने बाँकी समूहको उपसूचक घटेको छ । विकास बैंकको उपसमूह ४.५२, होटल तथा पर्यटनको उपसमूह ०.३० र व्यापारको उपसमूह ९.० प्रतिशतले बढेको छ । यस्तै, आज ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, करपोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकमा सकारात्मक सर्किट लागेको हो । कारोबारमा जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आईपीओ ल्याउँदै मोरु डिजिटल वालेट, कम्पनीले अघि बढायो प्रक्रिया

काठमाडौं । मोरु डिजिटल वालेटले आफ्नो सेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी थालेको छ । कम्पनीले पब्लिक लिमिटेड कम्पनीका रूपमा परिवर्तन हुँदै नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको आवश्यक प्रक्रिया पूरा गरेर आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) ल्याउने योजना बनाएको छ । कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढिसकेको मोरुका सञ्चालक ऋषिराम अधिकारीले जानकारी दिए । नियामक निकायहरूको स्वीकृति प्राप्त गरेपछि आईपीओ ल्याउने उद्देश्य रहेको उनले बताए । मोरुले सार्वजनिक गरेको पेमेन्ट लेजर र च्याटजस्ता सुविधाले ग्राहकको कारोबारमा सुधार ल्याएको अधिकारीको दाबी छ ।

निर्धन उत्थान लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले पनि लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो । मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा/नोक्सान, हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरू अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरू स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।