कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनसभन्दा नगद धेरै
काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बसेको बैठकले १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ । यस्तो लाभांश इतिहास बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आव २०७८/७९ मा १३ प्रतिशत, आव २०७७/७८ मा २१.०५ प्रतिशत, आव २०७६/७७ मा १५.७८ प्रतिशत, आव २०७५/७६ मा ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आव २०७४/७५, आव २०७३/७४, आव २०७२/७३ मा २१.०५ प्रतिशत, आव २०७१/७२ मा १५.७९ प्रतिशत, आव २०७०/७१ मा १५ प्रतिशत र आव २०६९/७० मा ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गर्दैछ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले मंसिर ६ गते बिहान ११ बजे धरान, सुनसरीमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको करसहित १० प्रतिशतका दरले १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंकको सभाले कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै, मर्जर प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको १ लाख रुपैयाँभन्दा बढिको खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले गत आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
नेप्सेमा दरमखोला हाइड्रो इनर्जीको आईपीओ सूचीकृत
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडका साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । नेप्से र दरमखोला हाइड्रोबीच बुधबार १ करोड ३ लाख ५ हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । १०० रुपैयाँ अंकित मूल्यका यी सेयरमध्ये ३९ लाख ५० हजार कित्ता (३८.३३ प्रतिशत) सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको र बाँकी ६३ लाख ५५ हजार कित्ता (६१.६७ प्रतिशत) कम्पनीका संस्थापक लगानीकर्ताहरूको स्वामित्वमा रहेको नेप्सेले जनाएको छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा काम गरेको थियो । नेप्सेले कार्तिक १६ गतेको निर्णयअनुसार सूचीकरण प्रक्रिया सम्पन्न गरी कार्तिक १९ गते औपचारिक रूपमा सूचना प्रकाशित गरेको हो । दरमखोला हाइड्रोका सेयरहरू दोस्रो बजारमा आगामी कार्तिक २० गते बाट कारोबार हुन सुरु गर्नेछन् । कम्पनीको प्रधान कार्यालय बागलुङको गाल्कोटमा रहेको छ भने सेयरधनी अभिलेख सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंले प्रदान गर्नेछ ।