डिजिटल भुक्तानीमा लाग्ने भ्याट खारेज
काठमाडौं । सरकारले डिजिटल भुक्तानीमा लाग्ने मूल्यअभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै डिजिटल भुक्तानीमा लाग्ने भ्याट खारेज गरेको घोषणा गरेका हुन् ।
होटल तथा रिसोर्टलाई आयकर र विद्युत महसुलमा छुट
काठमाडाै । सूचना प्रविधिमा आधारित उद्योग र र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत महसुलमा छुट दिने भएको छ । सरकारले आगमी आव २०८२/८३ मार्फत आयकर र विद्युत महसुलमा छुट दिने भएकाे हाे । सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत
काठमाडौं । सरकारले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत दिने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । उनकाअनुसार वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रक्रिया अघि बढाइने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हवमा विकास गर्ने बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमीकहरुको लागि किफायती हुनेगरी सञ्चलनमा ल्याउन विमानस्थलमा आवश्यक सुविधा उपलब्ध गराइने जानकारी दिए ।