वर्षमा सय भन्दा थोरै कामदार विदेश पठाउने म्यानपावरको पनि इजाजतपत्र नवीकरण हुने

काठमाडौं । वर्षमा एक सय सय भन्दा थोरै कामदार विदेश पठाउने म्यानपावरहरुले पनि आफ्नो इजाजत पत्र नवीकरण गर्न पाउने भएका छन् । श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै सो कुरा जनाएको हो । यसअघि नवीकरण हुनका लागि एक आर्थिक वर्षमा कम्तीमा १०० जना कामदार विदेश पठाउनुपर्ने व्यवस्था रहेको थियो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी वाधा अड्काउ फुकाउने आदेश अन्तर्गत सो सूचना जारी गरिएको राजपत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माग्यो ७३ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी माग गरेको छ । साउन ६ गते दरखास्त आह्वानको सूचना जारी गर्दै बोर्डले खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपुर्तिका गर्नका लागि अन्तर कार्यालयहरुमा रिक्त रहेका विभिन्न पदहरुमा खुला तथा आन्तरिक परीक्षाद्वारा पदपुर्तिका गर्नका लागि दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारहरुले सो सूचना प्रथम पटक प्रकाशित भएको मितिले तीस दिन भित्र नियमित शुल्कमा र थप सात दिनभित्र दोब्बर शुल्कमा आवेदन दिन सकिने कुरा उक्त सूचनामा उल्लेख गरिएको छ । हेर्नुस् सूचना

आइआइएमएस करियर मेला हुँदै, ५० भन्दा बढी कम्पनी सहभागी हुने

काठमाडौं । काठमाडौंमा साउन ६ गतेदेखि आइआइएमएस करियर मेला हुने भएको छ ।आइआइएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहाल स्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने कलेजले बताएकाे छ । कलेजकाे अनुसार मेलामा ५० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सुचना, प्रविधि र उत्पादनमुलक क्षेत्र र बैंक तथा वित्तिय संस्था सम्बद्ध कम्पनीहरुको सहभागिता रहनेछन् । जसमध्ये कोकाकोला, गोल्छा ग्रुप, दराज, ईसेवा लगायतका कम्पनीहरु मेलाको प्रमुख साझेदार कम्पनीकाे रुपमा रहेका छन् । ५० मध्ये २० कम्पनीले मेलाकै समयमा जनशक्तिलाई नियुक्त गर्ने र बाँकी कम्पनीहरुले सहभागीको सिभी संकलन गरि छिट्टै नियुक्त गर्ने कलेजले बताएकाे छ । कलेजकाे अनुसार मेलामार्फत विद्यार्थीहरुले करियर काउन्सेलिङ पनि दिइनेछ । मेला बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने कलेजले जानकारी दिएकाे छ ।