आइआइएमएस करियर मेला हुँदै, ५० भन्दा बढी कम्पनी सहभागी हुने
काठमाडौं । काठमाडौंमा साउन ६ गतेदेखि आइआइएमएस करियर मेला हुने भएको छ ।आइआइएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहाल स्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने कलेजले बताएकाे छ । कलेजकाे अनुसार मेलामा ५० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सुचना, प्रविधि र उत्पादनमुलक क्षेत्र र बैंक तथा वित्तिय संस्था सम्बद्ध कम्पनीहरुको सहभागिता रहनेछन् । जसमध्ये कोकाकोला, गोल्छा ग्रुप, दराज, ईसेवा लगायतका कम्पनीहरु मेलाको प्रमुख साझेदार कम्पनीकाे रुपमा रहेका छन् । ५० मध्ये २० कम्पनीले मेलाकै समयमा जनशक्तिलाई नियुक्त गर्ने र बाँकी कम्पनीहरुले सहभागीको सिभी संकलन गरि छिट्टै नियुक्त गर्ने कलेजले बताएकाे छ । कलेजकाे अनुसार मेलामार्फत विद्यार्थीहरुले करियर काउन्सेलिङ पनि दिइनेछ । मेला बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने कलेजले जानकारी दिएकाे छ ।
समीट लघुवित्तले माग्यो ८० जना कर्मचारी, एसईई गरेकालाई पनि मौका
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले वरिष्ट सहायक, सहायक र प्रशिक्षार्थी सहायक तहका लागि कर्मचारी मागेको हो । लघुवित्तले बिहीबार एक सूचना प्रकाशन गरी वरिष्ठ सहायकका लागि १५, सहायकका लागि १५ र प्रशिक्षार्थी सहायकका लागि ५० जना कर्मचारी मागेको हो । वरिष्ठ सहायक र सहायकका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह वा १२ कक्षा उतीर्ण हुनुपर्छ । अनुभव भने बैंक तथा वित्तीय संस्था सम्बन्धी ज्ञान भएको र मोटरसाइकल चलाउन सक्ने हुनुपर्छ । त्यसैगरी प्रशिक्षार्थी सहायकका लागि शैक्षिक योग्यता एस.एल.सी. उतीर्ण वा एस.ई.ई मा २ प्लस जि.पि.ए प्राप्त गरेको हुनुपर्छ । यसमा अनुभव भने कम्प्युटर सम्बन्धी ज्ञान भएको र दुई पांग्रे सवारी साधन चलाउन सक्ने हुनुपर्छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन १९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । यस सम्बन्धि सूचना कम्पनीको वेवसाइटमा राखिएको छ ।
विजय लघुवित्तले माग्यो कर्मचारी, साउन १८ गतेभित्र आवेदन दिनुपर्ने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले अधिकृत छैठौं र सहायक तेस्रो तहका लागि कर्मचारी मागेको हो । लघुवित्तले बुधबार एक सूचना प्रकाशन गरी कनिष्ठ अधिकृत प्रशासन विभागका लागि १ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि केही कर्मचारी मागेको हो । अधिकृत छैठौं पदका लागि व्यवस्थापन विषयमा स्नातक तह वा सा सरहको परिक्षा उतिर्ण गरेको वा स्नातकोत्तर तह उतिर्ण गरेको वा बैंक तथा वित्तीय संस्था वा कुनै संगठित संस्थामा अधिकृत स्तरमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । त्यस्तै, सहायक तेस्रो तहका लागि भने कम्तिमा एसईई वा एसएलसी तथा सो सरहको परिक्षा उतिर्ण गरेको गरेको हुनुपर्ने अथवा प्लस टु उतिर्ण गरेको हुनुपर्नेछ । इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र लघुवित्तको वेभसाइटमा गएर सूचना प्रकाशन भएको १५ दिन अर्थात् साउन १८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।