दमकका लघुउद्यमीले पाए ५८ वटा मेसिन
झापा । दमक नगरपालिकाले नगरभित्रका विपन्न समुदायका उद्यमीलाई मेसिन हस्तान्तरण गरको छ । आइतबार एक कार्यक्रममा दमक वडा नं २, ४, ७ र १० का लघुउद्यमीलाई ५८ वटा मेसिन वितरण गरिएको हो । नगरपालिकाले धिमाल जातिको पेटानी बुन्ने मेसिन, लुगा तथा जुत्ता सिलाउने मेसिन, केक बनाउने मेसिन, बङ्गुरको दाना बनाउने मेसिन वितरण गरेको हो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई र सामाजिक विकास समिति सभापति शारदा सापकोटाले ती वितरण गरेका थिए । नगर प्रमुख थापाले दमकमा उत्पादित वस्तुको बजारीकरणका लागि नगरपालिकाले सहयोग पुर्याउने बताए । दमक नगरपालिकाले दुईदेखि तीन महिना तालिम लिएकालाई सङ्घीय सरकारअन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा मेसिन वितरण गरेको हो । रासस
युनाइटेड इन्स्योरेन्सले माग्यो कर्मचारी, भदौ २६ गतेभित्र आवेदन दिनुपर्ने
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी मागेको छ । इन्स्योरेन्सले आइतबार एक सुचना जारी गर्दै २ वटा पदमा कर्मचारी मागेको हो । इन्स्योरेन्सले असिस्टेन्ट र अफिसरको लागि १(१ जना कर्मचारी मागेको छ । इन्स्योरेन्सका अनुसार असिस्टेन्टको लागि इनफरमेसन टेक्नोलोजी, कम्प्युटर साइन्स वा कम्प्युटर इन्जीनियरिङमा स्नातक र अफिसरको लागि सिए उत्र्तिर्ण गरेको हुनुपर्नेछ भने फाइनान्समा डिग्री गरेकालाई विशेष प्राथमिकता दिइने छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित भदौ २६ गतेभित्र इन्स्योरेन्सको वेवसाइटमा गएर आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।
भारतीय सेनामा नेपाली भर्ती स्थगित
काठमाडौं । नेपालले हालको लागि भारतिय सैनिकको लागि नेपालबाट हुने भर्ती स्थगित गरेको छ । भारतले सैनिक भर्ती गर्न लागु गरेको अग्निपथ योजनाबारे स्पष्ट नभएको भन्दै नेपालले यस्तो निर्णय गरेको हो । बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर परराष्ट्र मन्त्री नारायण खड्काले यस्तो बताएका हुन् । भारतले नयाँ भर्नाका लागि गत असार पहिलो सातादेखि अग्निपथ नामको नयाँ योजना ल्याएको थियो । यस योजनाअनुसार नयाँ भर्ती भएकाहरुले ४ वर्षमात्र सेवा गर्न पाउनेछन् जसपछि केहीलाई मात्रै पूर्णकालीन सैनिकका रूपमा काम दिइनेछ भने बाँकीलाई घर फर्काइनेछ । उनीहरूले पेन्सनको सुविधा पनि पाउने छैनन् ।