नेपाल क्लियरिङ हाउसले माग्यो विभिन्न पदमा १६ जना कर्मचारी
काठमाडौं । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारी मागेको छ । कम्पनीले मंगलबार एक सुचना जारी गर्दै विभिन्न पदमा १६ जना कर्मचारी मागेको हो । कम्पनीले हेड सफ्टवेयर डेभलपमेन्ट, जाभा डेभलपर, जुनियर जाभा डेभलपर, जुनियर आइओएस डेभलपर, क्युए ईन्जिनियर, सिनियर एनालिष्ट इनोभ्येसन, एनालिष्ट इनोभेसन, अफिसर इस्ट्राटिजि एन्ड रिर्सरच, सेक्युरिटि एनालिष्ट, एक्सक्युटिभ रिक्स एन्ड कमपिल्यन्स, टेक्निकल सर्पोट, सर्पोट एनालिस्ट, बिजनेस डेभलपमेन्ट एक्सक्युटिभ, एक्सक्युटिभ फाइन्नासका कर्मचारी मागेको छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन २५ गतेभित्र कम्पनीको वेवसाइटमा आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।
बेष्ट फाइनान्सले माग्यो कर्मचारी, साउन ३० गतेभित्र आवेदन दिनुपर्ने
काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले दुई पदमा कर्मचारी मागेको छ । फाइनान्सले सोमबार एक सुचना प्रकाशन सुचना प्रविधि विभाग प्रमुखको लागि १ जना र मार्केटिङको प्रमुखको लागि १ जना कर्मचारी माग गरेको हो । फाइनान्सको अनुसार सूचना प्रविधि विभाग प्रमुख पदका लागि मान्य प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा ब्याचलर्स डिग्री गरी सम्बन्धित क्षेत्रमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । यस्तै, मार्केटिङको प्रमुखको लागि नेजमेन्ट वा ईकोनोमिक्समा ब्याचलर डिग्री गरेको र बैंक तथा वित्तिय संस्थामा मार्केटिङ एण्ड बिजनेश डेभलपमेन्ट चार वर्ष काम गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ । सूचनाको अनुसार इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन ३० गतेभित्र फाइनान्सको वेवसाइट आवेदन दिइसक्नुपर्ने छ ।
तिलगंगा आँखा प्रतिष्ठानले माग्यो सिनियर रिसर्च अफिसर
काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान (इन्सीटियुट अफ अफथलमलोजी)ले सिनियर रिसर्च अफिसर मागेको छ । प्रतिष्ठानले शुक्रबार एक सूचना प्रकाशन गर्दै सातौं तहको सिनियर रिसर्च अफिसरको लागि १ जना कर्मचारी मागेको हो । प्रतिष्ठानको अनुसार सातौं तहको सिनियर रिसर्च अफिसर लागि पब्लिक हेल्थमा ब्याचलर गरेको र आई हेल्थ सम्बन्धि अनुभव भएको हुनुपर्ने छ । साथै, नेपाली र अंग्रेजी भाषा राम्रो भई कम्प्युटर सम्बन्धी ज्ञानका साथै, प्रोज्जेक्ट प्लानिङ, डेलिभरी मोनिटरिङ र रिर्पोट गर्न सक्ने हुनुपर्नेछ । इच्छुकल आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र संस्थाको वेवसाइटमा गएर साउन २७ गतेभित्र आवेदन दिनसक्ने प्रतिष्ठानले जनाएको छ ।