महुली लघुवित्तमा काम गर्ने अवसर, यी ५ पदका लागि माग्यो कर्मचारी
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखमा वित्त व्यवस्थापन विभाग अन्तर्गत प्रवन्धक र सहायक प्रबन्धक पदमा १ जना, विभागिय प्रमुख पदमा असुली तथा जोखि ब्यवस्थापन विभागका लागि १ जना, विभागीय सहायक पदमा आन्तरिक लेखापरीक्षण विभागमा १ जना, विभागीय सहायकमा तालिम तथा सामाजिक विकास विभागका लागि १ जना र अनुगमन अधिकृतमा १ जनाको लागि कर्मचारीको माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
नेको इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौं । नेको इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले पोखरा ब्रान्चको लागि १ जना ब्रान्च म्यानेजर र सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदका लागि १० जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु पास उत्तिर्ण देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले पुस ५ गतेसम्ममा कम्पनीको इमेल मार्फत आवेदन दिनुपर्नेछ ।
बीमा प्राधिकरणमा सिएसहित ३६ जनालाई रोजगारीको अवसर
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सहायक प्रथमदेखि उपनिर्देशन पदसम्मका लागि कर्मचारीकाे माग गरेको छ । प्राधिकरणले आजै सार्वजनिक सूचना जारी गर्दै आन्तरिक प्रतियोगिता र खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न दरखास्त माग गरेको हो । अधिकृत द्धितीयस्तरको उप निर्देशक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट दुई जना र खुला प्रतियोगिताबाट एक जनाको लागि आवेदन माग गरेको छ । त्यस्तै खुला प्रतिस्पर्धाबाट नियुक्त हुने गरी उप निर्देशक पदकै एक जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ । सूचना प्रविधि अर्थात आइटीका लागि पनि उपनिर्देशक पदकै लागि एक जनाको लागि दरखास्त आह्वान गरिएको छ । प्रसासन तर्फ सहायक निर्देशक पदका लागि १५ जनाको दरखास्त आह्वान गरिएको छ । सहायक निर्देशक तर्फ नै कानुन तर्फ २ जना माग भएको छ । सहायक निर्देशक पदका लागि तीन जना चार्टर्ड एकाउन्टेन्ट आह्वान गरिएको छ । सूचना प्रविधि तर्फ पनि एक जना सहायक निर्देशक पदका लागि कर्मचारी माग गरिएको छ । प्रशासन तर्फै सहायक प्रथम पदका लागि १० जनाको आवेदन खुला गरिएको छ । उप निर्देशक पदका लागि न्युनतम २१ वर्ष अधिकतम ४५ वर्ष उमेर समुहका नेपाली नागरिकले आवेदन दिन पाउने छन् । त्यस्तै सहायक निर्देशक पदका लागि २१ वर्ष देखि ३५ वर्ष उमेर समुहकाले आवेदन दिन सक्ने छन् । प्राधिकरणका कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन । सहायक निर्देशक र उप निर्देशक पदमा आवेदन दिनमा लागि तोकिएको विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेको हुनु पर्नेछ । उपनिर्देशक पदका लागि आवेदन दिने सँग ५ वर्षको अनुभव समेत हुनु पर्नेछ । सहायक प्रथम श्रेणीका लागि कम्तिमा तोकिएको विषयमा स्नातक गरेको हुनु पर्नेछ । इच्छुक आवेदकले पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् । [pdf id=370952]