एनआइसी एशिया क्यापिटलमा आकर्षक रोजगारीको अवसर
काठमाडौं । एनआइसी एशिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एकाउन्टेन्ट वा वित्तीय विभागका लागि १ जना र म्युचअल फण्ड डिपार्टमेन्टका लागि केहि संख्याका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ २७ गतेसम्ममा कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सकिने जनाएको छ ।
एभरेष्ट बैंकले माग्यो कर्मचारी
काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै टेलर पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । बैंकले ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २३ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
एनआइबिएल एस क्यापिटलमा आकर्षक रोजगारीको अवसर
काठमाडौं । एनआइबिएल एस क्यापिटलले कर्मचारीको माग गरेको छ । क्यापिटलले एक सुचना जारी गर्दै सिएफए ट्रेनि पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि आवेदन दिन मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसिएसिए ट्रेनिको प्रथम तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक उम्मेदबारले संस्थाको वेवसाईट मार्फत माघ २५ गतेभित्र आवेदन दिनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २५ गतेभित्र संस्थाको वेवासाइट मार्फत आवेदन दिन सक्ने छन् ।