बैंकमा जागिर खोज्नेलाई राम्रो अवसर, गरिमा विकास बैंकले माग्यो कर्मचारी
काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । गरिमा विकास बैंकले धेरै पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड अफिसमा लागि ७ पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, काठमाडौं, पोखरा, वालिङ, नारायणी, बुटवल लगायताका अन्य क्षेत्रका लागि समेत विभिन्न पदमा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ ४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
एनआइसी एशिया लघुवित्तमा काम गर्ने अवसर, यी १० पदका लागि माग्यो कर्मचारी
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै नायव कार्यकारी प्रमुख, सहायक प्रमुख कार्यकारी प्रमुख अधिकृत, सहायक प्रबन्धक (व्यवस्थापकिय श्रेणी), कनिष्ठ अधिकृत, वरिष्ठ अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । त्यस्तै, सहायक प्रबन्धक (प्रदेश प्रमुख) पदमा २ जना, कनिष्ठ अधिकृत र सुपरभाईजर (आन्तरिक लेखापरिक्षण तथा जोखिम व्यवस्थापन) पदमा ९ जना, कनिष्ठ अधिकृत तथा सुपरभाइजर (आन्तरिक लेखापरिक्षण) पदमा ६ जना र कनिष्ठ अधिकृत (कानुन विभाग) पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि आवेदकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिण गरेको हुनुपर्ने जनाएको हो । यि विभिन्न पदको लागि माघ ४ गतेसम्म आवेदन दिन पाइने जनाएको छ ।
आइएमई लाइफले माग्यो कर्मचारी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि ब्रान्च म्यानेजर, सेल्स एक्जुकेटिभक र रिक्स डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश १ का लागि ३ वटा शाखा, मधेश प्रदेशका लागि ७ वटा शाखा कार्यालय, बागमति प्रदेशका लागि ९ वटा शाखा कार्यालय, गण्डकी प्रदेशका लागि ९ वटा शाखा कार्यालय, लुम्बिनी प्रदेशका लागि ३ वटा शाखा कार्यालय, कर्णाली प्रदेशका लागि ८ वटा शाखा कार्यालय र सुदुरपश्चिम प्रदेशका लागिव ३ वटा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदका लागि कम्पनीले न्युनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित माघ ४ गतेभित्र कम्पनीको वेवसाइटमा गएर आवेदन दिनुपर्नेछ ।