‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’बाट प्रेमध्वज प्रधान र शम्भूजीत बास्कोटा सम्मानित
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ २०७५ वितरण गरिएको छ । गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बास्कोटालाई जनही पुरस्कार ५० हजार १ रुपैयाँ प्रदान गरिएको हो । भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन् । भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केही बर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिंदै आएको छ ।
वरिष्ट गीतकार अम्बिका गुरुङको ‘आमा’मा रामकृष्ण ढकालको सुमधुर स्वरमा (भिडियो सहित)
काठमाडौँ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको आमामा चर्चित गायक रामकृष्ण ढकालले सुमधुर आवाज भरेका छन् । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गीतकार एक सर्जकको साथमा साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन् । चर्चित गायक राम कृष्ण ढकालको सुमधुर आवाज रहेको यस गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत रहेको छ । दिपेन्द्र थपलियाले छायांकन गरेको यस म्युजिक भिडियोलाइ समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुको दमदार अभिनय रहेको छ । भिडियो हेर्नुहोस ।
गायक रमेश श्रेष्ठ मेलोडीको ‘सुपरग्लु’ सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । स्टेज किङको उपाधि पाएका चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘सुपरग्लु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘सुपरग्लु’भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको हो । चर्चित गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतकमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप गरेका छन् । म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् । म्युजिक भिडियोमा चर्चित नायिका निता ढुंगाना नबिन राइ तथा बिशाल लामाको नृत्य तथा अभिनय देख्न सकिन्छ । https://www.youtube.com/watch?v=NBhh-f2vSk4