नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा
काठमाडौं। आइ.एम.इ को मुख्य प्रायोजनमा चाहना मीडिया प्रा.लि.द्वारा उत्पादित हाल टेलिकाष्ट भइरहेको नेपालको सबैभन्दा ठूलो अर्गानिक रियालिटी शो आइ.एम.इ.नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगितिक प्रतिस्पर्धा हुने भएको छ । रियालिटी शोमा कुल ३६ शृंखला निर्माण गरिनेछ ।आफ्नै मौलिक संगीतलाई अन्र्तराष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको यस शोमा करिब १० करोड रुपैंया लागत रहेको छ । ७ प्रदेशका मुख्य सहरहरु धनगढी , सुर्खेत , बुटवल , जनकपुर , इटहरी , पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिशनमाहरेक सहरबाट ५० प्रतियोगी छनोट गरी कूल ३५० जना प्रतिस्पर्धीहरु छनोट भएका थिए। छनोट भएका ३५० प्रतिस्पर्धीमध्ये १०९ जनाले निर्णायकअडिशन प्रवेश गरे , जसमा निर्णायकहरुले फेरी पनि एपिसोड ९ मा शीर्ष २५ प्रतिस्पर्धीहरु छनोट गरेका थिए । एपिसोड ११ मा शीर्ष २५ मध्ये २० जना भोटिङ राउन्डबाट छनोट भएका थिए । यस कार्यक्रमको एपिसोड १३ मा फेरी टप १६ छनोट भएका थिए , एपिसोड १५ मा २ जना बाहिरिएका थिए भने एपिसोड १७ मा थप २ प्रतिस्पर्धीहरु बाहिरिएका थिए । एपिसोड १८ सम्म कुल १२ प्रतिस्पर्धीहरुको यात्रा सफल रह्यो ।भोटिङ राउन्डबाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट प्रतिस्पर्धी भीम नेपाली बाहिरिएका छन्। टप–टेनमा छनोट हुन सफल भएका प्रतिस्पर्धीहरु बिनोद दनुवार (उदयपुर) , चेतन गोतामे (स्याङजा) , दीपेन्द्र राइ (भोजपुर) , मुना अर्याल (चितवन) , पबिन्द्र सुनार (बाजुरा) , प्रभुराज पाण्डे (बाजुरा) , रामकुमार नेपाली (रामेछाप) , रविराज शाह (सर्लाही ),शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) रहेका छन्। प्रत्येक बिहिबार र शुक्रबार बेलुकी ८ः३० बजे ए.पी.वान एच.डी. र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आइ.एम.इ.नेपाल लोक स्टारको प्रथम पुरस्कार रु. ५० लाख रहेको छ , द्वितीय पुरस्कार रु. २५ लाख रहेको छ भने तृतीय पुरस्कार रु.१० लाख रहेको छ । साथै तिनै विजेताहरुलाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था पनि रहेको छ । कार्यक्रमका निर्णायकहरु सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बि.बि. अनुरागी रहेका छन्।डिशहोमको अशोसिएसन ,सगरमाथा सिमेन्टद्वारा संचालित , लिट्मस केबलद्वारा विद्युतीय अनुरक्षण र दिव्य कुकिङ ओयलद्वारा सह–प्रायोजित यस कार्यक्रमका भोटिङ पार्टनर आइ.एम.इ पे र ब्यान्किङ पार्टनर कृषि विकास बैंक रहेका छन् ।
दशैमा सौगात र सलोनको ‘घनचक्कर’, असोज १७ गते रिलिज हुने
काठमाडौं। यसपालिको दशैंमा चलचित्र ‘घनचक्कर’ रिलिज हुने भएको छ । असोज १७ गतेअर्थात् फूलपातीको अघिल्लो दिन देशै भरिको हलहलमा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र घनचक्कर सार्बजानिक प्रदर्शनमा आउन लागेको हो । चलचित्र घनचक्कर मार्फत नवनायिका कास्मिरा लामाले नेपाली रजतपट मा डेब्यु गर्दै छिन । कास्मिरा , सौगात मल्ल र सलोन संगै सरोज खनाल, शिशिर भण्डारी, जेवी डिसी, इश्वोरी खड्का, दामोदर पौडेल, आशान्त शर्मा, कृष्णभक्त महर्जन, जनक घर्ति मगर, प्रवन भुसाल, ममता प्रधान लगायत चलचित्रमा अभिनय रहेको छ । डेब्यु निर्देशक जितेन्द्र राजोपाध्यायले चलचित्रलाई निर्देशनगरेका हुन् । चलचित्रमा मित्र गुरुङको सम्पादन, कथा अर्जुन सिंह, कागी लिम्बुको स्क्रिनप्ले र डाइलग, प्रदीप श्रेष्ठ र सिमोन राजबंशी कोरियोग्राफी रहेका छन् । भट्ट एण्ड सन्स ब्यानरबाट निर्माण भएको चलचित्रको यसअघि ‘हिरो हिरो’ र ‘दाइको सालो’ गरि २ ओटा गित रिलिज भैसकेका छन् । कमेडी बेसमा बनेको फिल्मले छुट्टै छाप दर्शकमा छाड्ने चलचित्र निर्माता हरि भट्ट सुर्यनाथले बताए। छिट्टै चलचित्रको ट्रेलर रिलिज हुने उनले जानकारी दिए ।
‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्यलाई सिभिलको सम्मान
काठमाडौँ । सुन्धारास्थित सिभिल मलले भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्यलाइ सम्मान गरेको छ । सम्मान समारोहमा आचार्यलाई सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले पनि उपहार प्रदान गरेका थिए । सिभिल मलको प्रवद्र्धनात्मक कार्यक्रम ‘सिभिल मल सपिङ्ग फिएस्टा २०१९’ को अन्तिम दिन पारेर गरिएको सो कार्यक्रममा बाल गायक आचार्यले प्रतियोगितामा गाएका विभिन्न गीतहरू प्रस्तुत गरे । सोही अवसरमा गोला प्रथाबाट विभिन्न उपहार विजेताको घोषणा पनि गरियो । जसअनुसार विर्तामोडकी अञ्जु आचार्यले यमाहा एफ जेड एस १५० जितिन्भने काठमाडौंका कृतांश पाण्डेले एल जी टेलीभिजन र पाटनका रेयांशले एल जी रेफ्रिजरेटर प्राप्त गरे । यमाहासँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै स्टोरहरूलाई सिभिल मलले धन्यवाद ज्ञापन गरेको छ ।