थियटरमा नाटक हेर्नेको भीड, ‘जोखाना’ले कमायो १६ लाख

काठमाडौं । पछिल्लो समयमा युवावर्गको नाटक प्रति रुचि बढ्दै गएको छ । विभिन्न थिएटरमा युवावर्गको घुईचो दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । अनामनगरको मण्डला थिएटरमा चैत ८ गते देखि प्रदर्शन भएको ‘जोखना’ ले ५ हप्ताको अवधिमा १६ लाख कमाएको निर्देशक किरण चाम्लिङ राई भन्छन् । हाल विद्यालय, कलेज पढ्ने विद्यार्थीहरूले थिएटर नजिकैबाट दिन प्रतिदिन नियाल्दै गरेको निर्देशक राईले बताए । सो नाटक प्रदर्शन सम्पन्न भएसँगै अझै समय थप्नु पर्ने माग आईरहेको निर्देशक बताउँछन् । नाटकबाट आम्दानी नभईरहदाँको समयमा निर्देशक राईको निर्देशनमा रहेको उक्त नाटकले १६ लाख कमाएर पछिल्लो समय आफ्नो स्थान कायम राखेको छ । सिनेमाको प्रदर्शनसँगै नाटक प्रति सर्वसाधारणको चाँसो कम हुँदै गर्दा हाल युवाबर्गको ध्यान नाटक/ थिएटर बन्न पुगेको छ । गत चैत ८ गते देखि मण्डला थिएटरमा ‘जोखना’ ले राम्राे छाप छोड्न सफल भयाे । नाटक गत चैत्र ८ गतेदेखि बैशाख १४ गते सम्म हरेकदिन साँझ ५ः१५ बजेदेखि शुरु हुने गरेको थियो । सोमबार बाहेक हरेक शनिबार दिउँसो १ बजे पनि प्रदर्शन गरेका थिए । १० वर्षे जनआन्दोलनलाई मध्यनजर गर्दै श्रीमान गाँउबाट बेपत्ता भएको समयमा एउटा महिलाले भोग्नु परेको समस्यालाई नाटकमा चित्रण गर्ने काम निर्देशक किरण चाम्लिङ राईले गरेका थिए । वियस् राईको कथा ‘जोखना’ मा आधारित रहेको छ । सबै खर्चलाई कटाएर ‘जोखना’ले खुद नाफा १० लाख कमाएको निर्देशक राईले बताए। पछिल्लो समय नाटक हेर्नेको संख्यामा कमि आउँदै गर्दा जोखना हेर्न आउनेहरुमा घुइँचो रहेको निर्माता टिमले जानकारी दिएको छ । नाटकमा समावेश विषयवस्तु समाजमा अझैपनि स्थिर रहेको परम्परागत विषयलाई भएका ‘जोखना’ कथाकार वियस् राईको ‘हिउँमाझी’ कथाकृति पढिसकेपछि उक्त नाटक निर्माण गरेको राईले बताए । नाटकमा ११ जना पात्रले यस नाटकको विषय वस्तुलाई सहज एवंम सरल ढंगबाट प्रस्तुत गरेका छन् । पात्रमा संगीता थापा, रुपेश लामा, सञ्जिव राई, अनिल सुब्बा, पवित्रा राई, निशा पाख्रिन, रवि राई, सुद्धर्शन क्षेत्री, दिवान रसाइली, मणीराज राई आदी रहेका थिए । भने नाटकको उत्पादन व्यवस्थापन सञ्जिव राईले गरेका हुन् । आफु आर्दशमा टेकेर समाधान खोजिरहने आर्दशवादी समाजको कर्तव्यलाई प्रष्ट पार्दै अग्रमन तिर जानुपर्ने विषयवस्तुलाई नाटकले स्पष्ट रुपमा जानकारी दिएको छ । द्धन्दसँगै घटेका धेरै घटना जुन अझै समाजका कुनामा रहेका छन् भन्ने विषय वस्तुलाई प्रस्तुत गर्न खोजिएको थियो । ‘जोखना’ कथालाई आधारभूमि मान्दै ‘पूर्वी संस्कृति’का लय, बिम्ब र जीवन दर्शन समेतलाई नाटकका माध्यमबाट भन्ने प्रयास गरिएको थियो । पूर्वी सांस्कृति रंगमा सशस्त्र द्धन्द्धको मिसावट रहेको ‘जोखना’ लाई नाटकको रुपमा प्रस्तुत गरेका थिए । प्रदर्शन पछिको प्रतिक्रियाले उपत्यका बाहिर नाटक प्रस्तुत गर्ने माग आईरहेको जानकारी दिँदै निर्देशक राईले आगामी दिनमा यस्तै प्रस्तुती दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।          

जि टिभिमा पहिलो पटक ‘कड्के कमाल के’ को गीत प्रसारण, ५ कराेड बढी लगानीमा निर्माण

काठमाडौं । कमल खत्री र सुमन गुरुङको आवाजमा रहेको गीत ‘झुमा झुमा’ लाई इडियाको टेलिभिजन च्यानलले इतिहासमा पहिलो पटक नेपाली गीत प्रसारण गरेको हो । ५ कराेड बढी लगानीमा निर्माण भएकाे साे गीत ‘कड्के कमाल के’ को जि टिभिबाट प्रसारण पहिलाे पटक प्रसारण भएकाे हाे ।  राजपाल यादव, आर्यन अधिकारी, निता ढुंगाना, दाँया शंकर पाण्डे, विजय पटकार, रामचन्द्र अधिकारी, प्रकाश घिमिरे, राणाजङ्ग बहादुर आदिको अभिनय रहेको छ । चलचित्र ‘कड्के कमाल के’ को यो गीत जि टिभिले आफ्नो ८ वटा टेलिभिजन च्यानल र आफ्नो युट्युवर जि म्युजिकबाट प्रसारण गरको हो । चलचित्र आगामी जेष्ठ १० गते नेपाल र भारतमा एक साथ प्रदर्शन हुने भएको छ । नेपाल र भारतका अधिकाशं ठाँउमा छायान्कन गरिएको यस चलचित्र कड्के कमालके को गीत ‘झुमा झुमा’ को छायान्कन मुस्ताङमा गरिएको हो। चलचित्रको बाँकी ४ गीत भने हिन्दीमा नै रहेको छ । राजपाल ,आर्यन, निता, एन्जल आदीको प्रमुख अभिनय रहेको यो गीत कमल खत्रीको आफ्नै संगीतमा रहेको छ भने चलचित्रलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन र एतबारी सिंह ले यसमा चलचित्र निर्माणका लागि ५ करोड भन्दा बढी लगानी गरेका छन ।

डिवि गुरुङ्को नयाँ गीत ‘फिदिम बजारमा’ सार्वजनिक

काठमाडौं । डि.वि गुरु गुरुङको नयाँ गीत ‘फिदिम बजारमा’ सार्वजनिक भएको छ । सुमन सर्पितको लयमा रहेको गीतमा डि.वि गुरुङको शब्द, स्वर तथा संगीत रहेको छ । त्यस्तै अभिनयमा दिपेन्द्र सिंह दर्नाल र स्मृति गुरुङलाई देख्न सकिन्छ । विनोद सेरि विनोद सेरेङ्गको निर्देशनमा रहेको उक्त म्युजिक भिडियो सुवास लिम्बुले खिचेका थिए । २०७६ साललाई मध्यनजर गरि गुरुङले पूर्वी क्षेत्रमा प्रचलित लाृेक गीत बजारमा सार्वजनिक गरेका हुन् ।