आँचल शर्मा र सागर लम्साल (बले) को ‘मायाँ पिरती’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौं । आँचल शर्मा र सागर लम्सालको नयाँ गीत ‘मायाँ पिरती’ सार्वजनिक भएको छ । तिलक बस्नेत र मोलिशा आलेमगरको स्वरमा रहेको ‘मायाँ पिरती’ को संगीत तथा रचना तिलक बस्नेत कै रहेको छ । म्युजिक भिडियोको साथमा चर्चित टेलि शिरियल भद्रगोलका पात्र सागर लम्साल (बले) र नायिका आँचल शर्मा तथा सुनिल तामाङ्गको अभिनय रहेको छ । भिडियोको ग्राफी अर्जुन तिवारीले गरेका हुन् , भने भिडियो इडिट्ट सुप्रिम पराजुलीको रहेको थियो । नेपालको म्युजिक क्षेत्र तथा पुराएको प्रभावको सकारात्मक रहेको जनाएका छन् ।

निर्माता सरिता राईको ‘भुई फूल’ उद्घाट

काठमाडौं । भुमेथान फिल्म प्रस्तुतीमा सरिता राईको ‘भुईफूल’ उद्घाटन भएको छ । नेत्र छन्त्यालको निर्देशन र निर्माता उर्मिला बान्तवा राईको उत्पादनमा सो फिल्म आइतबार बागबजारको हेल्लो क्याफेमा उद्घाटन गरेका हुन् । उक्त फिल्ममा प्रमुख भुमिका गोविन्द ‘प्रभात’, तुलसा थापा, दिपेन्द्र सिंह दर्नाल, चन्द्रा राई, मनोजकुमार भेटवाल, विक्रम क्षेत्री, कुमार सुब्बा, घनश्याम जोशी, सन्ध्या स्र्यातान, पुर्णिमा लामाका साथमा नरेश खड्का अभिनय रहेको छ । विनय पौडेलको सह निर्देशनमा गीत गणेश सुवेदी र संगीत रमेश खड्काको रहेको छ । त्यस्तै छाँयाकन रमेश हुमागाई श्रृंगार नन्दा मेन्याङबो लिम्बु र उत्पादन विमल धमलाको रहेको छ भने प्रेस डिजाई सुमिता मादेन ‘मादेन बुटिक धरान’को रहेको छ ।

‘वाईवाई ग्लोकल टिन हिरो’को पाँचौ संस्करणका लागि आवेदन खुला, १८ वर्ष मुनिकाले भर्न पाउने

काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’को पाँचौ संस्करणका लागि आवेदनको आह्वान गरिएको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन यस कार्यक्रमको आयोजना गरिएको हो । यस मन्चमार्फत किशोर÷किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर/किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ । समर्पित र रचनात्मक किशोर/किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो पाँचौ वर्ष हो । यस कार्यक्रम १३ देखी १८ वर्ष मुनिकाले भाग लिन पाउने छन् । यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउने उद्देश्यले काठमाडौं उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, हेटौँडा भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न ४० सहरहरुमा ग्लोकल समूह लगाएत गत वर्षका टिन हिरो जाने भएको छ । ‘हामी नेपालको ७०० वटा स्कूलहरुमा पुग्ने छौ र ८ देखि १२ कक्षाका ८०००० विद्यार्थीहरुलाई मौका र मन्च प्रदान गर्ने छ’ ग्लोकल प्रा.ली. कार्यक्रारी आशिष ठाकुरले बताए । पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्क्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिनेछ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०१९ को बिजेता घोषणा गरिनेछ । ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर÷किशोरीहरुसँग पनि विभिन्न क्षमता छ । उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्चन नभएको कारण उनीहरुलाई आफ्नो र देशको विकास गर्न एक मौका र मन्च प्रदान गर्ने उदेश्यले यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’ ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले बताए । ग्लोकल टिन हिरो २०१९ को पुरस्कार समारोह सेप्तेम्बेर १,२०१९ मा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो । यस वर्ष ग्लोकल टिन हिरोको आवेदन ४ मे,२०१९ बाट खुल्ने छ र अनलाइन आवेदन निशुल्क भर्न सकिन्छ । यो सम्मेलन किशोरकिशोरीहरुको आफ्नो हितको प्रमाणित मुद्दा, राष्ट्रिय विकासका बाधा र जनेरेस्नल बाधाहरु बुझ्न अधिकारिक रुपमा छलफल गर्न अवसर हो । यस सम्मेलनले विभिन्न राष्ट्र जस्तै भारत, बंगलादेश, नेपाल, जमैका, मलावी, भिएतनाम, घानाआदिका किशोर किशोरीहरुको विचार, अनुभव, भोगाईहरुलाई प्यानल छलफलमार्फत प्रदर्शन गरिनेछ ।