लोकदोहोरी क्षेत्रका पाँच कलाकार सम्मानित
लमजुङ । लोकदोहोरी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत पाँच जना कलाकारलाई यहाँ सम्मान गरिएको छ । शनिबार बेँसीशहरमा आयोजित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा लमजुङको सातौँ अधिवेशन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा माया गुरुङ, विमाकुमारी दुरा, अनुज अधिकारी, प्रशान्त तामाङ र प्रिती गिरी रहेका छन् । प्रतिष्ठान केन्द्रीय प्रथम उपाध्यक्ष तथा गायक पशुपति शर्मा, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरेको हो । सो अवसरमा उपाध्यक्ष शर्माले कलाकारिता क्षेत्रको विकास, विस्तार र उन्नयनमा सम्बन्धित सबै पक्ष इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी, नगरप्रमुख अर्यालले कलाकारले गीतमार्फत समाजलाई परिवर्तन गर्नसक्ने भएकाले सोही अनुरुपको गीत गाउनुपर्ने बताउँदै कलाकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले सहयोग गर्ने धारणा व्यक्त गरेका हुन् । यसैगरी, प्रतिष्ठानको सातौँ अधिवेशनले अनुज अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा टसबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा शर्मिला थापा, प्रथम महिला उपाध्यक्षमा प्रिती गिरी, सचिव प्रशान्त तामाङ, कोषाध्यक्ष पूजा गुरुङ, सहसचिव सबिन गुरुङ र सहकोषाध्यक्षमा लक्ष्मी तामाङ सर्वसम्मत रुपले चयन भएको प्रतिष्ठानले जनाएको छ । रासस
फेस अफ मारवाडीको उपाधि राहुल र निशालाई
काठमाडौं । फेस अफ मारवाडीको विजेता घोषणा भएको छ । फेस अफ मारवाडीको उपाधि पुरुष तर्फ मिस्टर मारवाडी २०१९ मा धरानका राहुल अग्रवालले जितेका छन्, भने महिला तर्फ काठमाडौंकी निशा अग्रवालले जितेकी छिन् । त्यसगरी पुरुषतर्फ शिवम् अग्रवाल फस्ट रनर अप रहे भने अजय खण्डेलवाल सेकेन्ड रनर अप रहेको थिए । त्यसै महिला तर्फ सिम्रन सबू फस्ट रनर अप र विराटनगरकी सुनिता वरमा सेकेन्ड रनर अप रहेका थिए । उक्त फेस अफ मारवाडी विजेतालाई नगद ५० हजार रुपैयाँ साथै अन्तराष्ट्रिय पल्टीमा भाग लिने मौका प्राप्त गरेका छन् भने फस्ट रनर अप र सेकेन्ड रनर अपले क्रमश ३० हजार र २० हजार प्राप्त गरेका छन् । उक्त प्रतियोगिताका निर्णायकका रुपमा कारण कुन्द्रा र नायिका रेखा थापा रहेका थिए । सो कार्यक्रम नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतिथ्य सम्पन्न भएको थियो ।
सुगम पोखरेलको नयाँ गीत ‘लैजा हावा’ सार्बजनिक
काठमाडौं। सदा वहार संगीत क्षेत्रमा आवद्ध गायक सुगम पोखरेलको लैजा हावा नामक गीत सार्वजनिक भएको छ । सुगम पोखरेलको स्वर र शैलेन्द्रमान प्रधान “बाबु”को संगीत संयोजन रहेको गीतमा प्रेम बिछोडमा तड्पिने प्रेमीहरुका भावना व्यक्त गरेका छन् । मोरङ बिराटचोक निवासी हाल कर्मभूमी अमेरिकामा रही विभिन्न ब्यबसायमा संलग्न, ब्यबसायी राजन भुजेलले “लैजा हावा” बोलको गीत दर्शक श्रोता माझ ल्याएका छन् । गीतको लय तथा संगीत राजन भुजेलको रहेको उक्त गीत शनिबार युट्युव मार्फत सार्वजनिक भएको हो । निर्देशक दिलिप समनको निर्देशन रहेको सो म्युजिक भिडियोमा अभिलाषा शर्मा र सागर थापालाई अभिनयमा देख्न सकिन्छ । भिडिया हेर्न क्लिक गर्नुहोस् ।