चलचित्र पत्रकार संघको २० औं वार्षिकोत्सवमा भट्टराई र स्मृत सम्मानित

काठमाडौं । चलचित्र पत्रकार संघको २० औं वार्षिकोत्सवमा उत्कृष्ट ५ जना पत्रकार सम्मान सहित पुरस्कृत भएका छन् । चलचित्र पत्रकार दिवसको अवसरमा करिव २ दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार नरेश भट्टराई र श्याम स्मृतलाई चलचित्र पत्रकार सम्मान एवंम कुवेर गिरी र शारदा थापालाई चलचित्र पत्रकारिता पुस्कार २०७५ प्रदान गरिएको छ । ३ वर्षदेखि चलचित्र फोटो पत्रकारिता गर्दै आएका विनोद पोख्रेललाई एक थान कम्प्युटर प्रदान गरियो । उक्त कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले सो सम्मान सहितको पुरस्कार प्रदान गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले आगामी दिनमा चलचित्र पत्रकारितालाई अगाडी लैजान सहयोग गर्ने र सबैको चासो रहेको बक्स अफिस लागु हुने जानकारी दिए । त्यस्तै बोर्डका अध्यक्ष भट्टराईले सम्मानित सबैलाई शुभकामना दिँदै सो कार्यक्रम मार्फत नै साउन देखि नेपाल भरि नै बक्स अफिस लागु हुने घोषणा गरेका छन् । त्यस्तै कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापाले महासंघ चलचित्र पत्रकारको हरेक क्रियाकलापलाई नजिकबाट नियाल्दै आएको हुँदा आफ्नो काम र कर्तव्यलाई बुझेर अगाडी बढ्दा सहयोग निरन्तर रह्ने जानकारी दिए । त्यस्तै भुवन केसी, करिश्मा मानन्धर, दिपकराज गिरीले शुभकामना मन्तव्य राखेका थिए । चलचित्रकर्मि, उत्पादक एवंम पत्रकारको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले संघले पत्रकारका हकहित र मर्यादालाई नजिकबाट निर्यादै आएको र अबका दिनमा पनि पत्रकारको आवाजलाई आत्मसाथ गर्दै चलचित्र पत्रकार संघ अगाडी बढ्ने कुरा प्रष्ट पारे ।

प्रनिश बुढाथोकीको ‘दाई की साली’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक प्रनिश बुढाथोकीको नयाँ गित ‘दाई की साली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमधुर आवाजका धनि नब गायक प्रनिश बुढाथोकीको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ । गायक प्रनिश बुढाथोकीको स्वर तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत भरेका छन् । उत्सब दाहालको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशक अनुप चापागाईंले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मा, सुनिल क्षेत्रि तथा नब मोडल करण श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् भने त्रिशा बुढाथोकीले निर्माण गरेकी छिन । निर्देशक अनुप चापागाईंले गीतको भावलाई भिडियोमा कुशलतापूर्वक कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । उक्त भिडियोलाइ म्युजिक आई कम्पनीले बजारमा लिएर आएको हो ।  भिडियो हेर्न यसमा क्लिक गर्नुहोस !      

नायिका शुभेच्छा थापाद्धारा निर्देशित ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न

काठमाडौं । नायिका निर्माता तथा निर्देशक शुभेच्छा थापाको ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न भएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्रको छायाँकन नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा ५५ दिन लगाएर सम्पन्न गरिएको हो । यो चलचित्रमा गाउँको अबस्था र शहरी परिवेशको चित्रण हुने भएकोले फिल्म युनिटको रोजाई दार्चुला परेको थापाले बताइन । ‘लक्ष्मी रानी’ बिशुद्ध सामाजिक कथामा आधारित चलचित्र निर्माण भएको कुरा निर्माण पक्षले जानकारी गराएको छ । ग्रामिण क्षेत्र र शहरी क्षेत्रका महिलाहरुले जिवन बिताउन भोगेका अलग अलग सघर्षको ब्यथा र धर्म सस्कृतिका बारेमा चलचित्रले आफ्नो कथामा समेट्ने प्रयास गर्ने फिल्म युनिटले जनाएको छ । लक्ष्मी रानी चलचित्रमा शुभेच्छा सहित धिरेन शाक्य, मिथिला शर्मा, नयाँ प्रस्तुतिमा विनोद त्रिपाठी, जयकिशन बस्नेत, भोजपुरी कलाकार परदेशी साह, श्याम राई, पल्पसा डंगोल लगायत कलाकार रहेका छन् । हालसम्म कलाकार तथा निर्माता बन्दै आएकी नायिका शुभेच्छाले ‘लक्ष्मी रानी’ चलचित्रबाट पहिलो पटक निर्देशनमा डेब्यु गरेकी हुन् । आधा दर्जन चलचित्रमा सहायक निर्देशनमा काम गरेको अनुभवले पनि मैले यो चलचित्रको निर्देशनको भुमिकामा सफल हुने बिश्वास लिएकी छु’ उनले भनिन् । ‘लक्ष्मी रानी’ चलचित्र आगामी ०७६ सालको तिहारमा प्रदर्शनमा ल्याईने जानकारी निर्देशक थापाले बताइन ।