सुमित पाठकको पहिलो गीत ‘समाचार’ भिडियो सहित सार्वजनिक
काठमाडौं । नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकको पहिलो गीत ‘समाचार’ सार्वजनिक भएको छ। संगीत कालीप्रसाद बास्कोटाको शब्द तथा सङ्गीत बिहीबार अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । अभिनयमा सुमित पाठकका साथमा शिक्षा सग्रौलालाई देख्न सकिने छ । उक्त भिडियो लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने असीम शाह कृएटिभ डिरेक्टर हुन् । यसअघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् जसबाट उनलाई दर्शकको धेरै माया मिलिरहेको छ । जी २१ डिजिटलको प्रस्तुति यस गीतसँगै सुमित एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन् । भिडियो क्लिक गर्नुहोस्
नेपालको पहिलो स्मार्ट फिल्म सिटी लमजुङमा, ५ अर्ब ९० करोड लागतकाे अनुमान
काठमाडौं । लमजुङ जिल्लाकाे बेसीसहर नगरपालिकामा नेपालको पहिलो स्मार्ट फिल्म सिटी निर्माण हुने भएको छ । ५ हजार रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त फिल्म सिटी, स्काई इन्टरटेन्मेन्ट इन्भेस्कमेन्ट प्रा.लि र नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ (एसआरएल)इटाली कम्पनीबीच सो ‘वर्ल्ड स्काई सिनेभिलेज नेपाल’ निर्माणको लागि सम्झौता भएको छ । उक्त फिल्म सिटी निर्माणका लागि ५ अर्ब ९० करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ । नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्टका सञ्चालक तथा नेपाल चलचित्र उत्पादन संघका अध्यक्ष आकाश अधिकारी र इटालियन नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ एसआरएल कम्पनीका प्रमुख फ्रानसिस्को सिग्रिरियल्लोले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । प्रमुख अतिथि सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले फिल्म सिटी निर्माणको समयमा हुने समस्यालाई सरकारले हल गर्ने प्रतिवद्धता व्यक्त गर्दै फिल्म क्षेत्रमा धेरै विकास गर्ने मन हुँदाहुँदै पनि धन र प्रविधिको कारण पछि परेको बताए । उक्त सिनेसिटी करिब ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकाे मन्त्री बास्काेटाले भने । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा चलचित्र उत्पादन संघका अध्यक्ष तथा स्काई इन्टरटेन्मेन्टका सञ्चालक आकाश अधिकारीले करिब ५ अर्ब ९० करोड रुपैयाँबाट निर्माण कार्य सुरु गर्ने सो प्रोजेक्टका साथै सिनेमा अध्ययनका लागि विद्यालयको पनि स्थापना गर्ने बताए । उनले भने निर्माण हुने सो फिल्म सिटीमा जुनसुकै किसिमका सिनेमाहरुको छायाकंन गर्न सक्ने तथा अन्य देशमा छायाकंनका लागि निर्धारित मूल्यभन्दा कम मूल्यमा संचालन गर्ने याेजना रहेकाे छ । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली सिनेमा क्षेत्रका निर्देशक तथा कलाकार निर शाहले राष्ट्रिय चलचित्र उद्योगको विकासका लागि कसरी अगाडी बढ्नु पर्छ भन्ने कुरा मनन् गर्दै अगाडी बढ्नु पर्ने बताए । शाहले उक्त फिल्म सिटी निर्माणका विषयमा आगामी दिनमा नकारात्मक कुरा भन्दा नि सकारात्मक विषयको चर्चा परिचर्चा सुन्ने अवसर सिर्जना गराउन निर्माण समुहलाई सचेत गराए । बेसीसहर नगरपालिकाका अध्यक्ष गोमानसिंह अर्यालले भने ‘बेसीसहर नगरपालिका वडा ३, ४, ५, ९ मा हुने फिल्म सिटी निर्माणका विषयमा स्थानियस्तरको साथ र समर्थन निर्माण सुरुवातदेखि समापनसम्म हुने छ ।’ अध्यक्ष अर्यालले उक्त ठाँउबाट १४ वटा भन्दा बढी हिमालहरु नजिकबाट अवलोक गर्न सक्नुका साथै इतिहासिक तथा धार्मिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ । नेपालमा पहिलो पटक निर्माण हुने उक्त स्र्माट फिल्म सिटी २ हजार ६० मिटरदेखि २८ सयससम्मको उचाईमा निर्माण भई विश्वकै उच्च स्थानको फिल्म सिटी हुने जानकारी दिएका छन् ।
गायक उद्धव कार्कीको ‘उहीसँग बिहे गर’ भिडियो सहित सार्वजनिक
काठमाडौं । काँठ क्षेत्रका चर्चित गायक उद्धव कार्की र पार्वती कार्कीको नयाँ गीत, ‘उही संग बिहे गर’ को म्युजिक भिडियो सार्बजानिक भएको छ । पार्वती कार्की र उद्धब कार्कीको सुमधुर स्वरमा सजिएको गीतलाइ संगम थापा र पार्वती कार्कीले रचना गरेका हुन् । संगम र पार्वती कै संगीत रहेको गीतको भिडियोलाइ शिवपुरी म्युजिक प्रालिले निर्माण गरेको हो । प्रोसिस तिमल्सिनाको निर्देशनमा बनेको भिडियोलाई बिरेन्द्र भट्टले खिचेका हुन् । अनु पराजुली , बिक्रम र थपलिया , रिता थापा , उद्धब कार्की , पूर्णप्रसाद ढुंगाना , राधिका संजेल तथा बाल कलाकार रिदम सुबेदी र प्रितिका पौडेल लगायतकलारको भिडियोमा अभिनय रहेको छ । अनिल रानाले गीतको भिडियो सम्पादन गरेका हुन् । भिडियो हर्ने क्लिक गर्नुहोस् ।