गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक

काठमाडौं । गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिएकी छिन् । आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाब देखाइएको छ । गीतमा पुर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत गायक तथा एरेन्जर मनिषले जानकारी दिए । प्रितम राईको रिदम अवधारणामा निर्माण भएको गीतमा श्रद्धा सुमन सिलवाल र गायक मनिष स्वयंले अभिनय गरेका छन् । भिडियो निर्देशन पिटर प्रिन्स विश्वकर्माले गरेका हुन् ।

गायक बादल श्रेष्ठको ‘तिमी फूल हौ कि जुन’ गीत सार्वजनिक

काठमाडौँ । गायक बादल श्रेष्ठको नयाँ गीत ‘तिमी फूल हौ कि जुन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउँदै गरेका गायक बादल श्रेष्ठ अहिले दर्शक श्रोताहरुको रोजाइमा परेका छन् । गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको गीतमा  बादल श्रेष्ठको स्वर रहेको छ । नमराज घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशन तथा सम्पादन लिगेस भट्टराईले गरेका हुन्। म्युजिक भिडियोमा गायक तथा मोडल बादल श्रेष्ठ र अनु पराजुलीलाइ फिचर्ड गरिएको छ ।

गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘हे माया’ सार्वजनिक

काठमाडौ । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘हे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनिल गिरीको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् । सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गरेका हुन् । विगत लामो समय देखि गीत संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर अगाडि बढिरहेका युरोप निवासी युरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी । प्रायः युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिइसकेका उनले युरोप मात्र नभएर युरोप बाहिर रहेको विभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिइसकेका छन । प्रवासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडि बढाउनु धेरै चुनौतीको कुरा हो । तर पनि प्रवासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गीत संगीत छेत्रमा उनले योगदान दिइरहेका छन् । दुइ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका गायकले ‘तिम्रो मेरो प्रेम कहानीु ‘ ‘म त मान्छे सिधा साधाु ‘ ‘ प्यारी छोरी न बचाउन सके’ जस्ता गीत लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिइसकेका गायकले प्रायः देश तथा विदेशमा गरिने कार्यक्रमकाे प्रस्तुति निकै दमदार रहने गरेको छ ।