चितवन-२ मा रवि दोब्बरले बढाउँदै मतान्तर

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा रास्वपाले अग्रता कायम राखेको छ । रास्वपा सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन-२ मा हालसम्म ९ हजार ८३५ मत गणना भएको छ । जसमा रास्वपाका लामिछानेले ५ हजार १८८ मत पाएका छन् भने उनलाई एमालेका उम्मेदवार अस्मिन घिमिरेले पछ्याइ रहेका छन् । घिमिरेले २ हजार २५ मत ल्याएका छन् ।  कांग्रेसकी मिना खरेलले १ हजार ९१९ मत पाएकी छिन् । उनी तेस्रो स्थानमा रहेकी छिन् । 

उदयपुर-१ मा रास्वपाका गेलाल दोब्बर मतले अगाडि

काठमाडौं । उदयपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता दोब्बर बनाएका छन् । उनले १२२६ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ६०५ मत ल्याएका छन् । त्यस्तै नेकपाका उम्मेदवार बलदेव चौधरीले ४६४ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ४५२ मत ल्याउँदा नेपाली कांग्रेसका बिदुर बस्नेतले ४१२ मत ल्याएका छन् ।

रञ्जु दर्शना जितको नजिक

काठमाडौं । काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाको जित सनिश्चित भएको छ । रञ्जुले ​ १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे ।