भारतीय नेता केजरिवाल लेख्छन् : गलत काम गरेकै कारण ओली र लेखक पक्राउ परे
भारतीय आम आदमी पार्टीका नेता अरविन्द केजरिवालले गलत काम गरेकै कारण नेपालका पूर्वप्रधानमन्त्री केपीशर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक गलत कामको कारणले पक्राउ भएका छन् ।’
एमालेका नेता–कार्यकर्ताले ‘पत्रकारको काम छैन’ भन्दै पार्टी कार्यालयबाट निकाले
काठमाडौं । नेकपा एमालेका नेता कार्यकर्ताले पार्टी कार्यालय च्यासलबाट पत्रकारलाई बाहिर निकालेका छन् । पार्टी कार्यालयमा बसिरहेको सचिवालय बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारमाथि हातपात तथा धकलेर एमालेका नेता कार्यकर्ताले पत्रकारलाई बाहिर निकालेका हुन् । उनीहरुले ‘पत्रकारको काम छैन, तिमीहरु बाहिर जाऔ’ भन्दै कार्यालयबाट बाहिर निकालेका हुन् । ‘
पूर्व प्रधानमन्त्री ओली निवासबाटै पक्राउ
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । ओलीलाई पक्रन शनिबार विहानै सयौंको संख्यामा प्रहरी टोली भक्तपुरको गुण्डुस्थित निजी निवासमा पुगेको थियो । सवा छ बजे ओलीलाई निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीका समर्थकहरु रातीदेखि नै ओली निवासमा पुगेका थिए । उनीहरुले सरकारको विरोध र ओलीको पक्षमा नाराबाजी गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको शुक्रबार मात्रै गठन भएको नयाँ सरकारले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा दोषीमाथि कारवाही गर्ने निर्णय गरेको थियो । आयोगले भदौ २३ र २४ गते भएको नवयुवा प्रर्दशनमा गरिएको दमनबारे करिव ९०० पृष्ठको प्रतिवेदन सरकारलाई बुझाएको छ । त्यसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री, प्रहरी प्रमुखसहितलाई कारवाहीको सिफारिस गरिएको छ । पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि शनिबार विहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।