भक्तपुर-२ मा रास्वपाका उम्मेदवार राजीव खत्री निर्वाचित

काठमाडौं । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार खत्री ३४ हजार ७ सय २ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धि रहेका नेकपा एमालेका उम्मेदवार रहेका महेश बस्नेतले आठ हजार तीन सय ५१ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका उम्मेदवार कवीर रानाले ७ हजार तीन सय २१ मत प्राप्त गरेको छन् ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पुन २२ हजार ८५० मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरे । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

काठमाडौं-२ मा रास्वपाका सुनील केसीको जित

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनील केसी प्रभावशाली मतसहित विजयी भएका छन्। निर्वाचन आयोग नेपालका अनुसार केसीले ३४ हजार २३८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार कविर शर्मा ले ८ हजार ८७४ मत प्राप्त गरे। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी की उम्मेदवार कुन्तीदेवी पोखरेलले ५ हजार २१० मत प्राप्त गरेकी छन्। यसअघि सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी कै सोविता गौतम निर्वाचित भएकी थिइन् ।   यसपटक पनि उक्त क्षेत्रमा रास्वपाले आफ्नो पकड कायम राख्दै विजय दोहोर्‍याएको छ।