सर्लाही ४ मा अमेरशले १६ हजार २२७ पाउँदा गगनले कति मत पाए ?

काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेश सिंहले १६ हजार २२७ मत पाएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका गगन थापा साढे ६ हजार मतान्तरले पछि परेका छन् । कांग्रेसका थापाले ९ हजार ६७४ मत पाएका छन् ।  यसैगरी, नेकपा एमालेका अमनिश कुमार यादवले ३ हजार २६१ मत पाएर तेस्रो स्थानमा छन् भने एक हजार २२ मतसहित जनमत पार्टीका राकेश मिश्र चौथोमा छन् ।   नेकपाका रजनिस रायले ७०३ मत ल्याएका छन् ।  

झापा ५ मा ७५ हजार ३७७ मत गणना हुँदा बालेन र केपीले कति पाए मत ?

काठमाडौं  । झापा ५ मा  ७५ हजार ३७७ मत गणना भएको छ । रास्वपाका उम्मेदवार बालेन्द्र शाहले ४७ हजार ७७९ मत प्राप्त गरेका छन् ।  नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १२ हजार ६९९ मत पाएका छन् । नेपाली कांग्रसेकी मंधरा चिमाेरियाले भने १ हजार ३१८ मत पाएकी छन् ।  त्यसैगरी, श्रम संस्कृतिका उम्मेदवार समीर तामाङले ७ हजार ५३५ मत पाएका छन् ।

पर्सा-२ मा रास्वपाका सुशीलकुमार कानु विजयी

वीरगञ्ज । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन् । निर्वाचन अधिकृत मधुसुदन आचार्यले रास्वपाका उम्मेदवार कानु ३० हजार ७४० मतसहित विजयी भएको घोषणा गरे । सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार आठ सय ९० मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार रिमाकुमारी यादवले ११ हजार ६०५ मत ल्याउएका छन् । त्यस्तै जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले दुई हजार ६४२ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिना जैसवालले एक हजार नौ सय ९९ मत ल्याएका छन् । यस क्षेत्रमा ३१ जना उम्मेदवारले प्रतिस्पर्धामा रेहेका थिए । स्वतन्त्रतर्फ १४ जना र दलीय उम्मेदवारतर्फ १७ जना रहेका छन् । पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता संख्या ९५ हजार एक सय २० जनामध्ये प्रत्यक्षतर्फ ६५ हजार आठ सय ७८ मत खसेको छ । सोमध्ये  चार हजार पाँच सय ६८ मत बदर भएको छ भने सदर मत भने ६१ हजार तीन सय १० रहेको छ ।