नेपाल बङ्गलादेश बैंकको ३८ औं शाखा रुकुम जिल्लाको मुसिकोटमा
काठमाडौं, १३ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ३८ औं शाखा रुकुम जिल्लाको मुसिकोट खलङ्गामा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेका छन् । हाल मुसिकोट शाखा सहित बैंकले ३८ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३६ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बैंकले जनाएको छ । बैंकको आर्थिक वर्ष ०७३।७४ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले कुल निक्षेप ३९ अर्ब ६० करोड र कुल कर्जा ३४ अर्ब २७ करोड रुपैयाँ परिचालन गरेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।
‘न्यूरोड मोबाइल महोत्सव’ पुस १३ गतेदेखि शुरु, ग्राहकलाई हातखाली नजाने उपहार
काठमाडौं, १० पुस । ‘जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने मूलनाराका साथ पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव- २०७३’ हुने भएको छ । नेपाल मोबाइल व्यवसायी संघले यहि पुस १३ गतेदेखि पुस १९ गतेसम्म (डिसेम्बर २८ तारिखदेखि जनवरी ३ तारिख) एनसेलको प्रायोजनमा मोबाइल महोत्सव आयोजना गर्ने भएको छ । संघले नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गर्न लागेको हो । नेपालीहरुले पनि गुणस्तरीय मोबाइल सेटहरु खरिद गरुन र नठगिउन भन्ने उदेश्यका साथ “जहाँ मोबाइल बजार त्यहिँ मोबाइल महोत्सव” भन्ने मूल नाराका साथ मोबाइल महोत्सव गर्न लागिएको हो । महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यो महोत्सवमा सबै मोबाइल ब्राण्डको सहभागीता रहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा मोबाइल खरिदकर्ताहरुलाई अधिकतम छुट दिइने बताएका छन् । “अंग्रेजी नयाँ वर्ष शुरु हुँदै गर्दा आफ्ना नजिकका साथीभाई तथा परिवारलाई मोबाइल उपहार दिने यो सबैभन्दा उपयुक्त अवसर हुनेछ” उनले भने, यो महोत्सव अहिलेसम्मकै ठूलो र भव्य मेला हुनेछ । नेपाल मोबाइल व्यवसायी संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरुको सबैभन्दा ठूलो र पुरानो संस्था हो । यस संघमा हाल ५०० भन्दा बढि रिटेलरहरुको आबद्धता रहेको छ । मोबाइल महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड मोबाइल महोत्सवमा आउने हरेक ग्राहकलाई हातखाली नजाने उपहार राखिएको भन्दै न्यूरोड क्षेत्रमा गुणस्तरीय उत्पादनमात्र बिक्री गरिएको बताएका छन् । उनले भने, “हामी ग्रे मार्केटका कुनै पनि उत्पादनहरु बिक्री गर्दैनौं र ग्राहकहरुलाई स्तरिय सामान मात्र उपलब्ध गराउँछौं ।” महोत्सव अवधि भर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिनेछ । त्यसैगरी ग्राहकहरुले मोबाइल खरिदमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु दैनिक रुपमा लक्की ड्रमार्फत प्राप्त गर्नेछन् भने अन्य विभिन्न उपहारहरु पनि दैनिकरुपमा बितरण गरिनेछ । महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिक रुपमा बिक्री शुरु गर्नेछन् । महोत्सवको अवधिभर मोबाइल बजारको विभिन्न स्थानहरुमा फुड जोन, किड्स जोन, गेमिंग जोन ग्राहकहरुका लागि राखिनेछ भने हरेक मोबाइलको खरिदमा विशेष छुट दिईनेछ । नेपालका अधिकांश मोबाइल ब्राण्डहरुको सहयोगमा आयोजना हुने न्यूरोड मोबाइल महोत्सवले ग्राहकहरुलाई नयाँ मोबाइल तथा एसेसरिज किन्ने उपयुक्त अवसर प्रदान गर्ने आयोजकले बताएका छन् ।
एनबी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा हेमराज ढकाल चयन
काठमाडौं, १० पुस । एनबी इन्स्योरेन्स कम्पनी लि.को अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । आइतबार बसेको कम्पनीको सञ्चालक समितिले ढकाललाई अध्यक्ष बनाएको हो । ढकालले यस कम्पनीको प्रवद्र्धक समूह आइएमई ग्रुपबाट प्रतिनिधित्व गरेका हुन् । यस अघि सोही ग्रुपबाट अम्बिकाप्रसाद पौडेलले प्रतिनिधित्व गरेका थिए । मंसिर १७ गते कम्पनीको साधारणसभा सम्पन्न भएपछि पौडेलले अध्यक्षको पदबाट राजीनामा गरेका थिए ।