प्रधानमन्त्रीद्धारा चन्द्रागिरि केवलकारको उद्घाटन, पर्यटन क्षेत्रको लागि नयाँ र आकर्षक गन्तव्य निर्माण

काठमाडौं, ३० मंसिर । चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । गएको साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केवलकारको प्रधानमन्त्रीले बिहीबार ताम्रपत्र अनावरण गरेर औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै प्रधानमन्त्री दाहालले प्रकृतिले नेपाललाई धेरै उपहार दिएको भन्दै सोच र इच्छाशक्तिका साथ विज्ञान, प्रविधि र पूँजी प्रयोग गरी नेपालमा छिट्टै चामत्कारिक विकास हुने भन्दै ‘चन्द्रागिरि हिल्स’ त्यसैको उदाहरण भएको बताए । कार्यक्रममा बन तथा भू–संरक्षण मन्त्रीशंकर भण्डारीले विकास प्रति सकरात्मक चिन्तन हुनु पर्ने बताए । कार्यक्रमलाई सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी र विज्ञान तथावातावरण मन्त्री जयदेव जोशीले सम्बोधन गरेका थिए । नेपाल उद्योग बाणिज्य महासंघकी कार्यबहाक अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफकमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका बरिष्ठ सकुमार मोरले पनि कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पर्यटन क्षेत्रमा नयाँ गन्तव्य निर्माण भएको विचार व्यक्त गरे । चन्द्रागिरि केवलकार निर्माता कम्पनी डोपल मेयरका प्रतिनिधि पिटर भोजलम्यानले चन्द्रागिरिको व्यावस्थापनले व्यवसायिक महत्व बुझेकै कारण समयमा काम सम्पन्न भएको बताए । कार्यक्रमका सभापति तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसादढकालले नेपालमा आउने विदेशी पर्यटकहरुको बसाई एक दिन लम्बाउन चन्द्रागिरि हिल्स सफल हुदै गएकोले निजी क्षेत्रबाट संचालित यस्ता परियोजनाहरुमा सरकारको पूर्ण सहयोग प्राप्त भएमा नेपालको पर्यटन क्षेत्रलाई नेपालको क्षमताअनुसार विस्तार गर्न त्यति कठिन नरहेको धारणा व्यक्त गरे । चन्द्रागिरि हिल्स संचालक हेमराज ढकालका अनुसार केबुलकार निर्माणमा विश्व विख्यात मानिने अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनीले चन्द्रागिरि केबलकार निर्माण गरेको हो । कूल २,४६० मिटरलम्बाई भएको यस केबलकारको मार्गमा ११ वटा टावर छन् । ५ देखि ३८ मिटरसम्मको उचाईंमा गाडिएका यी टावरहरु एक अर्कामा ३.३६ देखि ९२६.२७ मिटर दुरीको फरकमा छन् । यी लठामा कुद्ने कारलाई प्राविधिक भाषामा ‘गोण्डला’ भनिन्छ । यात्रु बोक्ने ३८ र समान बोक्ने ३ गरी कूल ४१वटा यस्ता गोण्डला छन । एउटा केबुलकारले ८ जनासम्म यात्रु बोक्न सक्छ । प्रतिघण्टा एक हजार यात्रु क्षमता भएका केबुलकार चढेको ९देखि १४ मिनेटको अवधिमा माथिल्लो स्टेशनमा पुग्छन् । संचालक अम्बिकाप्रसाद पौडेलका अनुसार चन्द्रागिरि डाँडाको धार्मिक र ऐतिहासिक महत्व छ । उनका अनुसार दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँ सतीदेवीको भाल अर्थात् निधार पतन भएको र त्यस ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्न भएको कुरा हिमवत् खण्डमा उल्लेख गरिएको छ । समुद्री सतहबाट २ हजार ५५१ मिटरको उचाइमा अवस्थित यस भालेश्वर महादेवको दर्शन गर्नाले भक्तजनको मनोकांक्षा पूरा भई अन्त्यमा शिवलोकमा वास हुने जनश्रुति रहेको उनले बताए । चन्द्रागिरि प्राचीनकालदेखिनै ऐतिहासिकरूपले महङ्खवपूर्ण स्थान हो । नेपालएकी करणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै सुन्दर नेपाल उपत्यकाको अवलोकन गरेका थिए । पृथ्वीनारायण शाहआफ्नो ससुरालीमकवानपुरबाट आफ्नो राज्यगोरखाफर्कँदा चन्द्रागिरि हुँदै फर्केका र उपत्यकाको अवलोकनपछि नेपाल उपत्यकाका राज्यलाई जित्ने दृढ निश्चय गरेको उनको उपदेशमा उल्लेख गरिएको छ । संचालक मिनबहादुर गुरुङले सफलताका लागि मेहनत आवश्यक पर्ने बताउदै ठूलो मेहनतले चन्द्रागिरि परियोजना यो अवस्थासम्म आइपुगेको बताए । परियोजन निर्माण गर्दा अहिलेसम्म करिव ४ अर्ब रुपैयाँ खर्च भएको र होटल, मनोरञ्जनस्थल लगायत पूर्वाधार निर्माणको काम अझै जारी रहेको उनले बताए ।

नेपालको रेल वे सञ्जाल-चीन-यूरोप हुँदै भारतसम्म, बिरगञ्ज-रसुवागढी रेल वे भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्ग

काठमाडौं, २९ मंसिर । यतिबेला नेपालले आन्तरिक रेल वे नेटवर्कको विस्तारलाई महत्व दिएर तराईमा पूर्व–पश्चिम रेल मार्गको निर्माण गरिरहेको छ भने रसुवागढीबाट काठमाडौं हुँदै बिरगञ्ज जोड्ने रेल वेको सम्भाव्यता अध्ययन पनि अघि बढाइरहेको छ । झट्ट हेर्दा आन्तरिक रेल वे सञ्जाल विस्तार गर्न लागिएको जस्तो देखिए पनि यो नेटवर्कले नेपाललाई यूरोपसम्म पुर्याउँछ । नेपालले पूर्व काकडभिट्टादेखि पश्चिमको गड्डाचौकीसम्म निर्माण गर्ने ९४५ किलोमिटर लामो रेल मार्ग र रसुवागढी–काठमाडौं रेलमार्ग तथा काठमाडौं हुँदै बिरगञ्ज जोडिने रेल मार्गको परिकल्पनाले सिंगो संसारसँग नेपालको रेल वे सञ्जाल जाेड्ने छ । काकडभिट्टाबाट सुरु भएर गड्डा चौकी पुग्ने रेल वेले नेपालाई ट्रान्स एसिया रेल वे नेटवर्कका २६ मुलुकसँग जोड्ने छ । यो रेल वे लाइन सिंगापुर, मलेसिया, थाइल्याण्ड, बर्मा, बंगलादेश, भारत हुँदै काकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ भने गड्डा चौकीबाट पुनः भारत प्रवेश गरेर पाकिस्तान, आफगानिस्तान, इरान हुँदै टर्किबाट युरोप प्रवेश गर्नेछ । यो नेटवर्कमा यी मुलुक बाहेक रसिया, अर्मेनिया, अजरवैजान, कोलम्बिया, चीन, इण्डोनेसिया, काजकिस्तान, लाओस, दक्षिण कोरिया, ताजिकिस्तान, भियतनाम र उज्वेकिस्तान लगायतका मुलुक पनि समेटिन्छन् । अर्कातिर नेपालले बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनको प्रारम्भिक सम्भाव्यता अध्ययनको तयारी गरिरहेको छ । यो रेल वे लाइन चीन–युरोप रेल वे लाइन हुँदै साइबेरियन रेल वे नेटवर्कसम्म जोडिन्छ । जसले नेपाललाई चीन, मंगोलिया, रसिया हुँदै युरोपसम्म पुर्याउँछ । यो रेल वे नेटकर्वकलाई आइरन शिल्क रोड अर्थात फलामको शिल्क रोडका रुपमा पनि हेर्ने गरिएको छ । यसरी दुई तिरबाट युरोपसम्म जोडिने रेल सञ्जालले नेपाललाई लगानीको उपयुक्त गन्तव्यका रुपमा स्थापित गराउन सक्नेछ । नेपालमा औद्योगीकरण, पर्यटन प्रवद्र्धनका साथै कृषिमा आधुनिकीकरणको सम्भावनालाई पनि बढाउँछ । बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनलाई भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा हर्ने गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय बताउँछन् । ‘बिरगञ्जबाट काठमाडौं हुँदै चीन भएर रसिया पुग्ने रेल लाइनले भारत र रसियालाई जोड्छ जसले नेपालमा लगानीको सम्भावनालाई पनि बढाउँछ’, उपाध्यायले भने । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले नेपालमा विस्तार गर्न लागिएको रेल वे सञ्जालले रणनीतिक महत्व राख्ने बताए । ‘रसुवागढीको रेल चिन, मंगोलिया हुँदै रसियासम्म जान्छ । केरुङबाट चीन युरोप रेल वे सर्भिस हाम्रा लागि उपयुक्त हो’ डा. आचार्यले भने । ९ हजार २ सय ८९ किलोमिटर लामो ट्रान्स एसियन रेल वे लाइनले पनि नेपाललाई विकासको मार्गमा संसारसँगै कुदाउने उप महानिर्देशक उपाध्याय बताउँछन् । पानी जहाजबाट समान ढुवानी गर्दा दुई महिना लाग्ने दुरी रेल मार्गबाट एक हप्तामै पार गर्न सकिने उनले दावी गरे । उनका अनुसार नेपालले निर्माण सुरु गरेको पुर्व पश्चिम रेल वेको क्षमता प्रति घण्टा २०० किलोमिटरको हुनेछ । ‘हामीले सिंगल लेनको रेल वे निर्माण गरिरहेका छौं, त्यसमा प्रति घण्टा २०० किलोमिटर स्पिड कायम हुन्छ, जुन अन्तराष्ट्रिय स्तरकै हो’, उपाध्यायले भने । विभागले हाल बर्दिबास–बुटवल खण्डको २०० किलोमिटरमध्ये बर्दिबास–सिमराको १०८ किलोमिटर क्षेत्रमा २५ किलोमिटरको काम अघि बढाएको छ । सो रेल मार्ग निर्माणका लागि प्रति किलोमिटर औसत लागत ४५ करोड लाग्ने प्रक्षेपण अनुसार काम भैरहेको छ ।

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुला, निर्माण लागत करिब १२ अर्ब अमेरिकी डलर

स्वीट्जरल्यान्ड, २७ मंसिर । विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए । उक्त रेलमार्ग सर्वसाधारणका लागि भने खुला गरिएको थिएन । करिब १७ वर्ष लगाएर निर्माण गरिएको उक्त ५७ किलोमिटर लामो रेलमार्ग ११ अर्ब ८० करोड अमेरिकी डलरको लगानीमा यसै वर्ष मात्र सम्पन्न भएको थियो । स्वीस न्युज एजेन्सी एटीएसका अनुसार गटहार्ड बेस टनेल (जीबीटी) नाम दिइएको सुरुङ रेलमार्गमा स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर ९ मिनेटमा जुरिचबाट छुटेको थियो भने दुई घण्टा आठ मिनेटपछि ८ बजेर १७ मिनेटमा लुगानोमा पुगेको थियो । यससँगै यसअघि विश्वको सबैभन्दा लामो सुरुङको रेलमार्ग भनी चिनिएको जापानको ५३.९ किलोमिटर लामो सेइकन टनेल (सुरुङ मार्ग) विश्वको दोस्रो लामो सुरुङमार्ग बन्न गएको छ भने बेलायतको ५०.५ किलोमिटर लामो च्यानल टनेल विश्वको तेस्रो लामो सुरुङ मार्ग हुन पुगेकोे छ । रासस/एएफपी