माछापुच्छ्रे बैंकद्धारा विभिन्न विद्यालयहरुलाई सहयोग

काठमाडौं, २० पुस । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो विभिन्न शाखाहरु मार्फत विभिन्न विद्यालयहरुलाई सहयोग प्रदन गरेको छ । बैंकको धनकुटा शाखाले श्री मार्गेश्वरी प्राथामिक विद्यालय, चारगाउ धनकुटाका फरक क्षमता भएका बालबालिकाहरुका लागि लत्ताकपडा तथा स्टेसनरी सामाग्रीहरु वितरण गरेको छ । त्यसैगरी , बैंकको पोखरा शाखाले पोखरा- १२ ढिकालेथर स्थित सरस्वती आधारभूत विद्यालयलाई डेस्क तथा बेन्च हस्तान्तरण गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु प्रदान गरेको हो । बैकले हरेक महिना एक सामाजिक उत्तरदायित्व भन्ने मूल नारा लिई देशभरका विभिन्न शाखाहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु गरीरहेको बताएको छ ।

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक अन्तर्राष्ट्रिय ‘बेष्ट इन्टरप्राइजेज’ अर्वाडबाट सम्मानित

काठमाडौं, १९ पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक अन्तर्राष्ट्रिय ‘बेष्ट इन्टरप्राइजेज’ अर्वाडबाट सम्मानित भएको छ । यूरोप विजनेस एसेम्ब्लि(इबिए)द्वारा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । साथै इबिएले उक्त डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई म्यानेजर अफ द इअर समेत घोषणा गरेको छ । भिबोर सोसाइटीलाई बैंक तथा वित्तीय क्षेत्रमा कुशल व्यवस्थापनबाट राष्ट्रका पहाडदेखि तराई र पूर्वदेखि पश्चिमसम्म शाखा संजाल मार्फत सर्वसाधारण जनता सम्म वित्तीय पहुँच पुर्याउन विशेष योगदान पुर्याउन सफल भएकोमा उत्कृष्ट घोषित गरिएको हो । साथै, बैंकले साथै सफल बजार रणनीतिद्वारा आफूलाई बलियो रुपमा उभ्याउन सफल भै आजको ठूलो डेभलपमेन्ट बैंकको रुपमा स्थापित हुन सफल रहेको छ । यूरोप विजनेस एसेम्ब्लि एक ६० भन्दा बढी देशहरु सदस्य र साझेदार रहेको यूरोपियन संस्था हो । उक्त पुरस्कार ग्रहण गर्न लण्डनको अक्सफोर्डमा बैंकका अध्यक्ष सुशील राज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालको उपस्थिति रहेको थियो । हाल बैंकको ४२ वटा शाखा तथा १ एक्स्टेन्सन काउण्टर सहित बृहत संजाल रहेको छ । हाल बैंकको चुक्ता पूँजी १ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमईको दशौँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । बैंकले “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले यस कार्यक्रमको आयोजना गरेको जनाएको छ । हाल ९१ शाखा, १०३ एटिएम, ६ वटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको यस बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ । ग्लोबल आइएमई बैंकले स्थापनाको एक दशकमा बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ ।