आइएमसीद्धारा नेपाल एम्बुलेन्स सर्भिसलाई थप ५ एम्बुलेन्स सहयोग
काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिस (एनएएस) ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरुका लागि दिक्षान्त समारोह आयोजना गरेको छ । तालिमको दोस्रो सत्रमा स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिनद्धारा संचालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४७ जना स्वास्थ्यकर्मीलाई समारोहका प्रमुख अतिथि स्वास्थ्य मन्त्री गगन थापाले प्रमाणपत्र प्रदान गरेका हुन् । सोहि कार्यक्रममा इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी) ले नेपाल एम्बुलेन्स सर्भिसलाई ५ वटा नयाँ एम्बुलेन्स सहयोग गरेको छ । नयाँ टोयोटा हायस एम्बुलेन्सका पाँच थान साँचोहरु आईएमसीले स्वास्थ्य मन्त्री थापाद्धारा एम्बुलेन्स चालकहरुलाई हस्तान्तरण गरेको छ । एनएएसले यस अघी देखि नै काठमाडौं उपत्यका र चितवनमा दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरु सहितको पूर्ण सुविधा सम्पन्न ६ वटा एम्बुलेन्स संचालन गर्दै आएको छ । अब संस्थाले पोखरा, बुटवल र भैरहवामा पनि सेवा बिस्तार गर्ने भएको छ । सोहि अवसरमा मन्त्रि थापाले भने “ नेपाल सरकार अब नेपाल एम्बुलेन्स सर्भिससंग हाते मालो गरेर यस्तै स्तरिय सेवा सम्पूर्ण राज्य भरि संचालन गर्न अघि सर्ने छ । यो पब्लिक प्राइभेट पार्टनरशीपको उत्कृस्ट नमुना बन्ने छ भन्ने कुरामा मा विश्वस्त छु । ” कार्यक्रममा नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले भने, ‘हामीलाई गर्व लाग्छ अहिले सम्म २००७७ बिरामीहरुलाई सेवा प्रदान गर्न सफल भएको छौँ । जस मध्ये ३६ वटा शिशुको जन्म एम्बुलेन्स भित्रै भएको थियो । साथै महा विनासकारी भूकम्पको बेलामा नेपाली सेना र नेपाल प्रहरी सँगको संयोजकत्वमा हामीले ७०० भन्दा बढि घाईतेहरुलाई उद्धार गर्न सफल भएका थियौं ।’ इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी)का देशिय निर्देशक जोलेने माएमुलिन्सले भने , “ नेपाल एम्बुलेन्स सर्भिस सँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्न चाहन्छु ” । साथै, उनले अन्य विकसित मुलुक जस्तै नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको एम्बुलेन्स सेवा संचालन गरि रहेकोमा एनएएसलाई बधाई दिएका छन् । सोहि कार्यक्रममा बोल्दै तालिमका संयोजक डा. कुलेश थापाले भने, ‘स्ट्याण्डफोर्डको सहयोगमा स्वास्थ्य सम्बन्धि आकस्मिक सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई यस्तो प्राविधिक तालिम कार्यक्रम नेपालमै पहिलो थियो र यो दोस्रो पटक थप इएमटीहरुलाई तालिम दिन पाहुदा हामी खुसी छौँ । हामीले अहिले सम्म १०० जनालाई इएमटीतालिम दिँदै आएका छौं जसले गर्दा नेपाल एम्बुलेन्स सेवालाई आफ्नो बिस्तार गर्न थप सहयोग पुर्याउने ’ उनले बताए ।
अमेरिकामा उत्पादित न्युट्रिसन बिक्रेता बडी विल्डिङ स्टोरको चौथो शोरुम लाजिम्पाटमा
काठमाडौं । बडी विल्डििङ शोरुमले राजधानीको लाजिम्पाटमा चौथो शाखा बिस्तार गरेको छ । अमेरिकामा उत्पादित न्युट्रिसनको बिक्री बितरणमा नेपालमा अग्रणी स्थानमा रहेको स्टोरको नयाँ शाखाको उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् । शारिरिक सुगठन, खेलाडी तथा व्यायामकर्ताहरुलाई लक्षित गर्दै उक्त शोरुम बिस्तार गरिएको हो । सामान्य व्यक्तिका लागि पनि आकर्षक शरिर बनाउन स्टोरले सोही अनुसारको न्युटिर्सन बिक्री बितरण गर्नेछ । मस्कल टेक र डाइमाटाइज न्यट्रिसन फर नेपाल गरी दुई वटा ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता रहेको बडी विल्डिङ स्टोरले तीन वर्षे व्यवशायिक यात्रामा राजधानीको लाजिम्पाटमा चौथो शोरुम सञ्चालनमा ल्याएको हो । नेपालमा शारिरिक सुगठनमा ध्यान दिनेहरुले न्यु्िरसनको अधिक माग गर्दै आएकाले स्थापनाको तीन वर्षमा नै स्टोरले चौथो शाखा बिस्तार गरेको हो । यस अघि सुनधारास्थित सिभिल मल, कमलपोखरी र कौशलटारमा शोरुमका शाखा सञ्चालनमा आईसकेका छन् । स्टोरका सञ्चालक राजकुमार ढकालले तीन वटै स्टोरमा अधिक मात्रामा भएको न्युट्रिसनको मागलाई ध्यानमा राखेर लाजिम्पाटमा शाखा खोलिएको बताए । उनले स्टोरले आगामी दिनमा अन्य स्थानमा पनि शाखा बिस्तार गर्दै आफ्ना ब्राण्डको बिक्री बितरणलाई तिब्र बनाउने बताए । शारिरिक सुगठनका लागि खाद्यान्न सन्तुलनका सम्बन्धमा परामर्श समेत दिंदै आएको स्टोरले नेपाल भरी सक्कली न्युटिर्सनका उत्पादन उपलब्ध गराउन पुलको भुमिका खेल्ने लक्ष्य लिएको छ । अन्य स्थानमा सिमित प्रकारका न्युट्रिसनजन्य खाद्यान्न पाइने अवस्थामा यो स्टोरमा छानेर आफुलाई आवश्यक किसिमको वस्तु मात्र खरिद गर्न सकिन्छ । नियमित रुपमा प्रयोग हुने खाद्यान्नको विकल्पका रुपमा शारिरिक सौन्दर्यताका लागि स्टोरले बिक्री बितरण गर्ने उत्पादनका लागि नेपाल भरीबाट अर्डर गर्न सकिन्छ । न्युट्रिसनजन्य उत्पादनको मूल्य अलि महंगो हुने भएकाले नेपाली बजारमा नक्कली उत्पादन सस्तोमा बिक्री बितरण भैरहेको भन्दै स्टोरले आफुले किन्ने उत्पादनमा होलोग्राम जाँचेर सक्कली उत्पादनको प्रयोग गर्न आग्रह समेत गरेको छ । स्टोरले विज्ञप्ती मार्फत भनेको छ ‘हाम्रो स्टोरमा राखिएका उत्पादनमा टेम्पर प्रुफ होलोग्राम राखिएका छन्, जसले तपाईको स्वास्थ्यमा कुनै खेलवाड गर्नै सक्दैन, अब सक्कली उत्पादन कि नक्कली उत्पादन चलाउने बिचार पुर्याउनहोस् ।’
लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोको तेस्रो शाखा पुल्चोकमा, धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० हजार सहयोग
काठमाडौं । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमा आफ्नो तेस्रो शाखाविस्तार गरेको छ । कम्पनीले ललितपुर पुल्चोकस्थित भाटभटेनीमा संचालनमा ल्याएको शाखाको आइतबार चर्चित हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुमुर्स सुन्तीलले उद्घाटन गरेका हुन । स्टुडियो उद्घाटन गर्न पुगेका उनीहरुलाई धुर्मुस सुन्तली फाउण्डेसनका लागि भन्दै स्टुडियोले ५० हजार रुपैंया नगद सहयोग समेत प्रदान गरेको छ । १७ बर्षदेखि राजधानिमा संचालनमा रहेको लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले काठमाण्डौको महाराजगञ्ज र कोटेश्वर भाटभटेनी पछि ललितपुरको भाटभटेनीमा शाखा विस्तार गरेको हो । यहाँबाट महिलातथा पुरुषले कपालतथासौन्दर्य सम्बन्धि सम्पूर्ण सेवाहरु लिन सक्नेछन । बुटिक शैलीमा संचालनमा आएको ललितपुर शाखा पारीवारिक हेयर एण्ड ब्यूटी स्टुडियोे भएको स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले बताए । भाटभटेनी स्टोर पुलचोकको पछाडी तर्फको खुल्ला भागमा आकर्षक शैलीको डिजाइनमा तयार पारिएको स्टुडियोले एक पटकमा १५ जनालाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने छ । ललितपुर क्षेत्रका ग्राहकहरुको अत्यधिक मागका कारण यस क्षेत्रमा शाखा संचालनमा ल्याइएको स्टुडियोका अध्यक्ष ठाकुरले बताए । ‘बच्चादेखि वृद्धासम्म हाम्रा ग्राहक हुन, मध्यम वर्गदेखि उच्च घरानिया सम्मका लागि लक्षितगर्दै हामीले स्टुडियो सञ्चालनमा ल्याएका हौं ।’ उनले भने । सन् १९९६ मा केही नयाँ काम गर्ने सोचका साथभारतको मुम्बइमाचार वर्ष बसेर बसेर व्यवशायिक दक्षता हासिल गरी नेपाल आएका लक्ष्मी ठाकुर विगत १७बर्षदेखि यो व्यवसायमाआबद्ध छन । उनले नेपालको चलचित्र, सांगितिक क्षेत्रका ख्याती प्राप्त कलाकार तथा प्रख्यात मिडिया कर्मीहरुको कपाल नियमित रुपमा काट्दै आएका छन । उनी भन्छन् ‘अन्य मुलुकको तुलनामा सौनदर्य तथाकपाल कटाई व्यवशायिक हुन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा अझै आक्रामक व्यवशायिक योजना लिएर आउँछौं । जसले सर्वसाधारणलाई यस किसिमको सेवामा अभ्यस्त बनाउन सकोस् ।’ महोत्तरी जिल्लामा तेस्रो नमुना एकीकृत मुसहर बस्ती निर्माणमा सक्रिय रहेको धुर्मुस सुन्तली फाण्डेसनलाई नगद सहयोग गर्दै स्टुडियोले सामाजिक उत्तरदायित्व वहन गर्न अरुलाई पनि अपील गरेका छन् । फाउण्डेसनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले पनि स्टुडियोले गरेको सहयोगको स्वागतगर्दै एकीकृत बस्ती निर्माणमा सहकार्य गर्न सबैलाई आग्रह गरे । व्यवशायिक प्रतिष्ठानको चेनका रुपमा स्थापित हुँदै आएको स्टुडियोले तीन शाखामा ४५ जनालाई रोजगारी समेत दिएको छ ।