यस्ता छन् कोका-कोला मोस्मोत्सव झल्काउने दुई तस्विर
कोका-कोला मोस्मोत्सव अन्तर्गत बिसाल श्रेष्ठ र रबि पेसवान आर.सी.टि क्लबका टिम म्यानेजर अशोक मानन्धर संग मोमो र कोक खादै नेपाल फुटबलको वर्तमान अवस्था र भविष्य बारे गम्भीर छलफल गर्दै । कोका-कोला मो:मोत्सव अन्तर्गत राष्ट्रिय फुटबल खिलाडी अनन्त तामांग र हेमन गुरुङ कोक र मोमो कम्बोको आनन्द लिदै ।
प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला फागुन २३ गतेदेखि शुरु, १० हजार बढिले अवलोकन गर्ने
काठमाडौं । पुष्प तथा आलङ्काकी बोट बिरुवाको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वाञ्चलका सुनसरी, मोरङ र झापा जिल्लामा प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला २०७३ गरिने भएको छ । पुष्पको व्यवसाय प्रवद्र्धन गर्न यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गरिने मेलाको नारा ‘घर आँगन होस् या नदी किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाऔँ पूर्वाञ्चल हराभरा’ रहेको आयोजक संस्था फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ । एसोसिएसनले पुष्प व्यवसाय प्रवद्र्धनका लागि समय अनुकूल व्यावसायिकतातर्फ उन्मुख गर्न पुष्प तथा आलङ्काकी बोट बिरुवाको विकास, विस्तार, पहिचान एवम् गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि मेला देशका विभिन्न भागमा यस किसिमका मेला आयोजना गर्दै आएको छ । मेलामा १० हजारभन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै १० लाखको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
आइएमसीद्धारा नेपाल एम्बुलेन्स सर्भिसलाई थप ५ एम्बुलेन्स सहयोग
काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिस (एनएएस) ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरुका लागि दिक्षान्त समारोह आयोजना गरेको छ । तालिमको दोस्रो सत्रमा स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिनद्धारा संचालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४७ जना स्वास्थ्यकर्मीलाई समारोहका प्रमुख अतिथि स्वास्थ्य मन्त्री गगन थापाले प्रमाणपत्र प्रदान गरेका हुन् । सोहि कार्यक्रममा इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी) ले नेपाल एम्बुलेन्स सर्भिसलाई ५ वटा नयाँ एम्बुलेन्स सहयोग गरेको छ । नयाँ टोयोटा हायस एम्बुलेन्सका पाँच थान साँचोहरु आईएमसीले स्वास्थ्य मन्त्री थापाद्धारा एम्बुलेन्स चालकहरुलाई हस्तान्तरण गरेको छ । एनएएसले यस अघी देखि नै काठमाडौं उपत्यका र चितवनमा दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरु सहितको पूर्ण सुविधा सम्पन्न ६ वटा एम्बुलेन्स संचालन गर्दै आएको छ । अब संस्थाले पोखरा, बुटवल र भैरहवामा पनि सेवा बिस्तार गर्ने भएको छ । सोहि अवसरमा मन्त्रि थापाले भने “ नेपाल सरकार अब नेपाल एम्बुलेन्स सर्भिससंग हाते मालो गरेर यस्तै स्तरिय सेवा सम्पूर्ण राज्य भरि संचालन गर्न अघि सर्ने छ । यो पब्लिक प्राइभेट पार्टनरशीपको उत्कृस्ट नमुना बन्ने छ भन्ने कुरामा मा विश्वस्त छु । ” कार्यक्रममा नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले भने, ‘हामीलाई गर्व लाग्छ अहिले सम्म २००७७ बिरामीहरुलाई सेवा प्रदान गर्न सफल भएको छौँ । जस मध्ये ३६ वटा शिशुको जन्म एम्बुलेन्स भित्रै भएको थियो । साथै महा विनासकारी भूकम्पको बेलामा नेपाली सेना र नेपाल प्रहरी सँगको संयोजकत्वमा हामीले ७०० भन्दा बढि घाईतेहरुलाई उद्धार गर्न सफल भएका थियौं ।’ इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी)का देशिय निर्देशक जोलेने माएमुलिन्सले भने , “ नेपाल एम्बुलेन्स सर्भिस सँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्न चाहन्छु ” । साथै, उनले अन्य विकसित मुलुक जस्तै नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको एम्बुलेन्स सेवा संचालन गरि रहेकोमा एनएएसलाई बधाई दिएका छन् । सोहि कार्यक्रममा बोल्दै तालिमका संयोजक डा. कुलेश थापाले भने, ‘स्ट्याण्डफोर्डको सहयोगमा स्वास्थ्य सम्बन्धि आकस्मिक सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई यस्तो प्राविधिक तालिम कार्यक्रम नेपालमै पहिलो थियो र यो दोस्रो पटक थप इएमटीहरुलाई तालिम दिन पाहुदा हामी खुसी छौँ । हामीले अहिले सम्म १०० जनालाई इएमटीतालिम दिँदै आएका छौं जसले गर्दा नेपाल एम्बुलेन्स सेवालाई आफ्नो बिस्तार गर्न थप सहयोग पुर्याउने ’ उनले बताए ।