राष्ट्रिय फुटबल टिमका खेलाडी कोका-कोला मोमोत्सवमा सहभागी
काठमाडौं । अभ्यास पछि नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई कोका-कोला मोमोत्सवमा सहभागी भए वापत प्रशंसाको चिनो स्वरूप खेलाडीको नाम प्रिन्ट भएको कोका-कोला बोटल प्रदान गरेर सरप्राइज दिइयो ।
२ हप्तामा २० लाख पटक हेरियो ‘नाई मलाई थाहा छैन’, उत्कृष्ट भिडियोलार्इ एकलाख पुरस्कार
टिका प्रसाईं र सञ्जीब पराजुलीको स्वर रहेको गीत ‘नाई मलाई थाहा छैन’ (क्लव मिक्स) गीत युट्युबमा सार्वजनिक भएको दुई हप्तामै २० लाख भन्दा बढी पटक हेरिएको छ । पछिल्लो समय युट्युबमार्फत चर्चामा आएको डान्स ग्रुप ‘कार्टुन्ज क्रिउ’ र अर्की चर्चित मोडेल ‘एलिशा राइ’ ले अभिनय गरेको यो भिडियो सार्वजनिक भए पश्चात भने ‘नाई मलाई थाहा छैन’ को क्रेज निकै बढेको छ । हेमन्त रानाको साइली गीत पछि युट्युबमा अत्यधिक चर्चामा रहेको गीत ‘नाई मलाई थाहा छैन’ अहिले सुपरहिट हुँदै भाइरल भएको हो । गायकद्वयको ‘सँगसँगै’ एल्बममा समावेस यस गीतका गीतकार एकनारायण भण्डारी, संगीतकार तथा एरेञ्जर आशिष अविरल हुन् । यसै गीतको पहिलो संस्करणमा ‘बाबा एजुकेशन कन्सलटेन्सी’ को प्रायोजनमा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता पहिले देखिनै सञ्चालित छ । प्रतियोगितामा भिडियो पठाई सक्नुपर्ने अन्तिम दिन ३१ मार्च २०१७ राखिएको छ । यस प्रतियोगितामा भाग लिने सहभागीहरुमध्ये युट्युब भिवर र जजको मुल्यांकनमा एक समूह अर्थात् उत्कृष्ट एक भिडियोले एकलाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिताको लागि पालन गर्नुपर्ने नियमहरु गायकद्वय सञ्जिब पराजुली ( facebook.com/SanjibParajuli) र टीका प्रसाईं (facebook.com/Tika.Prasain.Music ) को फेसबुक पेजमा राखिएको छ ।
चौधरी फाउण्डेसनद्धारा निर्मित शाश्वत धाम राष्ट्रपतिद्धारा उद्घाटन, धार्मिक पर्यटनको लागि नयाँ गन्तव्य
चौधरी फाउण्डेसनले नवलपरासीको देवचुली नगरपालिका वडा नं. २ दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा निर्माण गरेको ‘शाश्वत धाम’को औपचारिक उद्घाटन राष्ट्रपति विद्यदेवि मंगलबार भण्डारी गरेकी छन् । उद्घाटनको अवसरमा पूर्व राजा ज्ञानेन्द्र, भूमिससधार मन्त्री बिक्रम पाण्डे, उपप्रधानमन्त्री कमल थापा, भारतीय धर्म गुरु रविशंकर लगायतको सहभागिता थियो । १७ वर्षअघि शङ्कराचार्यले शाश्वत धामको सिल्यानास गरेको थिए । औपचारिक उद्घाटनका कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यदेवि भण्डारीले शाश्वत धाम पर्यटन क्षेत्रको लागि नयाँ गन्तव्य बन्न सक्ने बताईन । निजी क्षेत्रको पहलमा आकर्षक र भव्य धार्मिक स्थाल बनेकोमा खुशी व्यक्त गरिन् । चौधरी ग्रुपले प्रवद्र्धन गरेको सामाजिक संस्था चौधरी फाउण्डेसनले सनातन धर्मप्रति आस्थावान आम समुदायको चाहनालाई सम्मान सीजी पार्क परिसरमा शाश्वत धाम निर्माण गरेको हो । चौधरी ग्रुपका अध्यक्ष चौधरीले एउटा फरक सपना पुरा हुन लागेकोमा आफुलाई सन्तोष मिलेको बताए । ‘शंकराचार्य जयेन्द्र सरस्वतीज्यूको आर्शिवचन र श्रद्धेय गुरु श्री श्री रविशंकरज्यूको मार्गदर्शनबाट शाश्वत धामको स्थापना सम्भव भएको’ उनले बताएका छन् । “धर्मो रक्षति रक्षितः” अर्थात धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै देवचुली र वर्चुली पहाडको काखमा अवस्थित नवलपरासीको सुन्दर तथा मनोरम क्षेत्र दुम्कौलीमा निर्मित शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा रहनेछ । सनातन धर्मप्रति आस्थावान सवैको भावनाको कदरस्वरुप निर्मित यो शाश्वतधाममा आम मानिसले आध्यात्मिक उर्जा एवं शान्तिपूर्ण तथा उर्जायुक्त वातावरणमा मानसिक शान्ति र आत्मीय आनन्दको अनुभव गर्नसक्ने विश्वास गरिएको छ । शंकराचार्य जयेन्द्र सरस्वतीजीबाट चौधरी ग्रुपका संस्थापक स्व. लुनकरण चौधरीलाई मानिसहरुमा सकारात्मक धारणाको विकास गराउन शिवमन्दिर र ऋषिआश्रमको रुपमा गुरुकुल सहितको धाम निर्माण गर्न आशिर्वाद भएबमोजिम उनका छोरा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले शाश्वतधाम निर्माणमार्फत पिताको सपना पूरा भएको बताएका छन् । पूर्वीय सनातन धर्मको संरक्षण, प्रवर्धन तथा अध्ययन अनुसन्धानको लागि मुनाफा नकमाउने उद्देश्यका साथ यो धामको स्थापना गरिएको हो । उद्घाटन पश्चात सर्वसाधारणको लागि औपचारिक पुजा आजा, दर्शन तथा अवलोकन खुला गरिएकाे छ । करिव ७ विघा क्षेत्रफलमा फैलिएको यस धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टेदार तथा अत्यन्तै मनमोहक एकम्बरेश्वर शिव मन्दिर रहेको छ । मन्दिरलाई चारैतिरबाट सर्वतीर्थ सरोवर तालले घेरेको छ, जहाँ बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइएको छ । मन्दिरको अलावा यस धाममा गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिंग हल, गौशाला, अग्र्यानिक फार्म, ४५ जनाको लागि आवासीय सुविधा भएको योग तथा ध्यान केन्द्र, शाकाहारी अग्र्यानिक भोजनालय, विश्राम स्थल लगायत वैदिक सनातन हिन्दु धर्मसंग सम्वन्धित अन्य महत्वपूर्ण स्थलहरु रहेका छन् । शाश्वतधामको अर्को विशेषताको रुपमा अत्याधुनिक अडियो भिडियो केन्द्र रहेको छ । यस केन्द्रमा धार्मिक पर्यटक तथा आगन्तुकहरुले नेपाल तथा भारतमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाइँकुण्ड, बद्री, केदार, हरिद्वार जस्ता प्रमुख धार्मिक स्थलका पछिल्ला गतिविधि ठूलो पर्दामा हेर्न सक्ने छन् । त्यसै गरी ओझेलमा परेका नेपालका विभिन्न धार्मिक तीर्थस्थलहरुको पनि प्रचारप्रसार यहाँबाट गरिने व्यवस्था मिलाइएको छ । शाश्वतधाम भित्र धार्मिक सूचना केन्द्र रहेको छ जसबाट देशभरका प्रमुख धार्मिक तीर्थस्थल, मठमन्दिर, शक्तिपीठ तथा वैदिक सनातन धर्मसम्बन्धी जानकारी पाइने छ । धाम परिसरमै एउटा सोभेनियर स्टोर रहेको छ जहाँ आगन्तुकहरुले वैदिक सनातन धर्मको प्रतिनिधित्व गर्ने विविध सामग्री खरिद गर्न सक्ने छन् । धाममा वर, पिपल, अशोकालगायत १२ राशी २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी विभिन्न रुख विरुवाहरु लगाइएका छन् । धामलाई आकर्षक बनाउनको लागि मन्दिर वरिपरी मनमोहक पानीको फोहरा (वाटर फाउन्टेन) समेत निर्माण गरिएको छ ।